अन्तरजातीय विवाहपछि बेपत्ता भएका चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका कामी आज बिहान भेटिएको प्रहरीले जनाएको छ । उनलाई खार्पुनाथ गाउँपालिकामा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग विवाह […]

सम्बन्धित सामग्री

हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिए

काठमाडौँ । हराइरहेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन्। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका चन्द्रे बुधबार बिहान फेला परेका हुन्। गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता, डीआईजी भन्छन्– खोज्दैछौं

हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई उनीहरुले फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर लगेको बताइएको छ । ती युवक सुन्तलीकै माइती पक्षका भएको पीडित परिवारको दाबी छ