क्यानडाले पायो ओडीआई मान्यता

काठमाडौं । क्यानडाले ओडीआई मान्यता प्राप्त गरेको छ । नामिबियामा भएको क्रिकेट विश्वकपको क्वालिफायर प्लेअफमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई ९० रनले हराएपछि क्यानडाले आगामी चार वर्षका लागि ओडिआई मान्यता प्राप्त गरेको हो । क्वालिफायर प्लेअफमा ६ टोली सहभागि थिए, जसमा क्यानडा ५ खेलबाट ६ अंक जोड्दै जर्सी र पीएनजीभन्दा अघि चौथो स्थानमा रह्यो । अमेरिका […]

सम्बन्धित सामग्री

रिजनले ओडीआई डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट ओडीआई डेब्यु गर्ने भएका छन् । क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा उनले डेब्यु क्याप पाएका हुन् । रिजनले पूर्व कप्तान पारस खड्काको हातबाट ओडीआई क्याप नम्बर ३९ पाए । उनले जर्सी नम्बर १ लगाएका छन् । बायाँ हाते रिजनले […] The post रिजनले ओडीआई डेब्यु गर्दै first appeared on हाम्रो खेलकुद.

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा

१६ पुस, काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् । उनले वानडे विश्वकको बेला नै […]

मूलपानी मैदानमा पहिलो ओडीआई हुने

१५ वैशाख, काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको आतिथ्य गर्ने भएको छ । नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ । प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु […]

ओडीआई खेल हुने नेपालको दोस्रो मैदान बन्दै मूलपानी

अहिलेसम्म आईसीसीले टीयू मैदानलाई ओडीआई मान्यता दिएको छ । यूएई र ओमानले खेलेसँगै मुलपानी मैदान ओडीआई मान्यता पाउने दोस्रो मैदान हुने भएको हो ।

पीएनजीले गुमायो ओडीआई मान्यता, विश्वकप छनोटमा पुग्न ५ टिम होडमा

२० चैत,  काठमाडौं । पपुवा न्युगिनी पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता गुमाएको छ । नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफमा लगातार चार खेल हारेपछि पीएनजीले ओडीआई मान्यता गुमाउने पक्का भएको हो । आइतबार भएको खेलमा पीएनजी अमेरिकासँग ११७ रनले पराजित भएको थियो । लगातार चार हारपछि पीएनजी ६ टोली सम्मिलित प्लेअफमा अंकबिहीन हुँदै पुछारमा छ । […]

घरेलु मैदानमा पहिलो ओडीआई शृंखला जीत (फोटो फिचर)

२ मंसिर, काठमाडौं । नेपालले युएईलाई शुक्रबार ६ विकेटले शराएर घरेलु मैदानमा पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ । तेस्रो तथा अन्तिम खेलमा जीतपछि नेपालले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो । नेपालले घरेलु मैदानमा दुईवटा ओडीआई शृंखला खेल्दा यो पहिलो शृंखला जीत हो । गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको […]

थाइल्याण्डसहित ५ महिला टिमलाई ओडीआई मान्यता

११ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पाँच नयाँ टिमलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता दिएको छ । आईसीसीले आईसीसी क्रिकेट विश्वकपको परिमार्जन गरिएको रोडम्यापको रुपमा पाँच एसोसिएट टिमलाई ओडीआई मान्यता दिने निर्णय गरेको हो । नेदरल्यान्ड्स, पपुवा न्युगिनी, स्कटल्याण्ड, थाइल्याण्ड र अमेरिकालाई तत्काल लागु हुनेगरी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिइएको आईसीसीले जनाएको छ । […]

रोहित शर्मा बने भारतको ओडीआई टिमको कप्तान

२२ मंसिर, काठमाडौं । रोहित शर्मा भारतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको कप्तान बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले बुधबार विराट कोहलीलाई हटाउँदै रोहित शर्मालाई ओडीआई टिमको कप्तान चयन गरेको हो । अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तान रहनेछन् । युएई र ओमानमा भएको टी-२० विश्वकप पछि कोहलीले टी-२० टिमको कप्तानी छाडेका […]

ओडीआई क्रिकेट : नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

२२ भदौ, काठमाडौं । नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल ओमानमा सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनीसँग पहिलो ओडीआई खेल खेलेको हो । ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ […]

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो ओडीआई भोलि

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पपुवा न्यु गिनी (पीएनजी)बीचको  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मंगलबार हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमान पुगेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजीसँग खेल्न लागेको हो । नेपाल र पीएनजीबीच दुई ओडीआई हुनेछ । पहिलो ओडीआई मंगलबार बिहान […]