काठमाडौँ महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने भएको छ । बजार अनुगमन व्यवस्थित हुन नसकेको गुनासो बढिरहेका बेला कामपाको नेतृत्वमा एकीकृत अनुगमनको निर्णय लिइएको हो ।कामपाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको बैठकले अनुगमनको विस्तृत खाका तयार गरेको बताइएको छ । संयोजक श्रेष्ठले अनुगमनको क्रममा कैफियत देखिए तत्काल कारबाही गर्ने चेतावनी दिइन् ।‘चाडबाडमा जथाभावी गर्ने व्यापारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्नेछौं,’ &nd