रुपन्देहीमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी घोषणा

 बुटवल । पार्टीभित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्रता पाएको छ । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । क्षेत्री

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षको समानान्तर कमिटी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको छ । असन्तुष्ट पक्षले शनिबार काठमाडौंको बानेश्वर भेला गर्दै पवन कार्कीको संयोजकत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै संगठनको उपाध्यक्ष रहेका पवन कार्की नेतृत्वको समूहले अलग्गै समिति गठन गरेर राष्ट्रिय भेला बोलाएको हो ।

काभ्रेमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी गठन

काभ्रेमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको समानान्तर कमिटी गठन गरिएको छ । बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोक बहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो । साथै पालिका स्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गर...

रघुजी पन्तको आरोप : ओली भारतको इसारामा चले

सिन्धुली : नेकपा एमाले नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको डिजाइनमा चलेको आरोप लगाएका छन्।शनिबार सिन्धुलीमाढीमा माधव नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा नेता पन्तले यस्तो आरोप लगाएका हुन्।भारतको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको दाबीसमेत पन्तले गरे। ‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिल

सुदूरपश्चिममा भीम रावलले समानान्तर कमिटी बनाए, कोको छानिए?

धनगढी : सुदूरपश्चिममा भीम रावलले नेकपा (एमाले) को समानान्तर समिति घोषणा गरेका छन्। खनाल र नेपाल पक्षको मंगलबार सकिएको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो। खनाल–नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण  रहेको समितिको पूर्णता भनेका छन्। कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे।‘भीम रावलको नेतृत्व नै आधिकारिक हुन्छ नि। अहिले आएकालाई जिम्मेवारी तोक्दैमा हुँदैन,’ उनले

नेपाल–खनाल पक्षको यस्तो छ बागमती प्रदेश समानान्तर कमिटी (नामावलीसहित)

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।  जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ ।&n...

पार्टी एकता जोगाउन समानान्तर कमिटी घोषणाः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित झलनाथ खनाल–माधव नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उन...

काठमाडौंमा नेपाल समूहको समानान्तर कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।आइतबार राजधानीमा भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो । नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई चयन गरिएको छ । यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की […]

माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी बनाउने घोषणा

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय  लिएको छ । यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्य