विदेशी बैंकमा अवैध कारोबार गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ- विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ । प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो । पक्राउ […]

सम्बन्धित सामग्री

सरकारले अवैध कारोबार रोक्न नसक्दा राजस्व घट्यो : व्यवसायी

काठमाडौं : सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरुले बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन्।उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए। उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए।उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु

सुनको अवैध कारोबार गर्न जलहरीकाण्ड बाहिर ल्याइएकाे रहेछ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार नै सुन तस्करीमा लागेको भन्दै सुनको अवैध कारोबार गर्न पशुपतिनाथ मन्दिरकाे जलहरी सुनकाण्ड बाहिर ल्याएको आरोप लगाएका छन् ।

अवैध कारोबार रोक्न भैरहवाका व्यवसायीहरू बोर्डरमा

रुपन्देहीको सीमावर्ती क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारबाट हुन अवैध कारोबार रोक्न भैरहवामा व्यवसायीहरू सक्रिय भएका छन् । भैरहवाको पक्लिहवास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा वर्षौँदेखि लाग्दै आएको हाटबजारबाट नेपाली ग्राहकले ल्याउने अवैध सामान रोक्न...

डलरको अवैध कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

१ चैत, काठमाडौं । विभिन्न प्रकारका एप्समार्फत डलरको अवैध कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मोरङको रतुवामाई नगरपालिका-७ का पुस्कर कार्की र बिनिता लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरुले एपमार्फत डलरको […]

अमेरिकी डलरको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले अनलाईन एपमार्फत अमेरिकी डलरको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङ रतुवामाई नगरपालिकाका दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो ।पुरस्कर श्रेष्ठ र बिनिता लिम्बुले विभिन्न अनलाईन एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए । उनीहरूले १ एकबेट, बिनान्स, एडीभी क्यास, कोइनबेस र प्याक्सफुल लगायतका एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए ।विभागले उनीहरूले सञ्चालन गर्दै आएको बैंक खाता, उनीहरूले प्रयोग गर्दै आएको मोबाइल, कल

डलरको अवैध कारोबार गर्ने चार जनाविरुद्ध मुद्धा

राजश्व अनुसन्धान विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । कैलाली लम्किचुवा स्थायी ठेगाना भइ हाल काठमाडौं कालोपुल बस्दै डलरको अवैध कारोबार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्धा दायर भएको हो ।विभागले दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ । उनीहरूले सामूहिकरुपमा मोबाइल एप्स इ स्किल तथा बिनान्स प्रयोग गरेर विदेशी विनिमय डलरको कसुर गरेको पाइएको छ । उनीहरूले अनलाइनमार्फत डलरको अव

बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार

बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी...

जडिबुटीको अवैध कारोबार गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ

२२ असोज, काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खानतलासी गर्दा अवैध […]

अखेटोपहारको अवैध कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो । दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि […]

अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ

काठमाडौं : अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिए।पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ।