राजस्व अनुसन्धान विभागले अनलाईन एपमार्फत अमेरिकी डलरको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङ रतुवामाई नगरपालिकाका दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो ।पुरस्कर श्रेष्ठ र बिनिता लिम्बुले विभिन्न अनलाईन एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए । उनीहरूले १ एकबेट, बिनान्स, एडीभी क्यास, कोइनबेस र प्याक्सफुल लगायतका एपमार्फत डलरको अवैध कारोबार गर्दै आएका थिए ।विभागले उनीहरूले सञ्चालन गर्दै आएको बैंक खाता, उनीहरूले प्रयोग गर्दै आएको मोबाइल, कल