तरलताको पिरलो

काठमाडौं । वित्तीय क्षेत्रका लागि वर्ष २०७८ तरलता (लगानीयोग्य पूँजी) अभावको वर्षका रूपमा रह्यो । कोरोना महामारी मत्थर हुनेबित्तिकै आर्थिक गतिविधि चलायमान हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा कर्जा विस्तारमा जोड दिए । तर, बैंकहरूको कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि हुन नसकेपछि बैंकिङ प्रणालीमा तरलता अभाव हुन थाल्यो । फलस्वरूप वर्षको अन्तिममा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह ठप्पप्रायः छ । बैंकहरूमा २०७७ चैत मसान्तसम्ममा ४४ खर्ब ५७ अर्ब ९८ करोड निक्षेप रहेकोमा २०७८ फागुनसम्ममा ४ खर्ब ४३ अर्ब ८८ करोड वृद्धि भई ४९ खर्ब १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने २०७७ चैतमा ४० खर्ब २२ अर्ब ३२ करोड रहेकोमा ६ खर्ब ७८ अर्व ७७ करोड वृद्धि भई ४७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको मुख्य कारण बन्यो– नेपाल राष्ट्र बैंकको नीतिगत परिवर्तन । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को मौद्रिक नीतिबाट बैंकहरूमा पूँजी, कर्जा र निक्षेप (सीसीडी) अनुपात ८५ प्रतिशत कायम गर्नुपर्ने प्रावधान हटाएर कर्जा–निक्षेप (सीडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू गरेसँगै बैंकहरूले पूँजीबाट कर्जा प्रवाह गर्न पाएनन् र उनीहरूको कर्जा प्रवाह गर्ने क्षमता घट्यो । यसैगरी, अधिकांश कर्जा आयातका लागि प्रवाह भयो भने देशको विदेशी मुद्रा आर्जनको बाटो विप्रेषण, पर्यटनलगायत क्षेत्र प्रभावित बन्दा निक्षेप बढ्न सकेन । यसको कारण बजारमा वित्तीय क्षेत्रले तरलता अभाव भोगिरहेको छ । अर्थमन्त्रीको विवाददेखि गभर्नर निलम्बनसम्म वित्तीय क्षेत्रका लागि वर्ष २०७८ को महत्त्वपूर्ण घटना बन्यो– गभर्नर महाप्रसाद अधिकारीको निलम्बन । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने विषयबाटै अर्थमन्त्री जनार्दन शर्मासँग मनमुटाव शुरू भएकोमा चैत अन्तिम साता आइपुग्दा गभर्नरले सरकारलाई असहयोग गरेको भन्दै उनीमाथि छानविन अघि बढाएको छ । छानविन शुरू भएसँगै गभर्नर निलम्बनमा परेका छन् । यसअघि गभर्नरको निलम्बन आर्थिक अनियमितताको विषयमा मात्र भएकोमा यसपटक अर्थतन्त्र सुधारका लागि लागेका गभर्नरलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा कारबाही गर्‍यो भनेर आलोचना भइरहेको छ । अर्थमन्त्री–गभर्नर विवादका कारण यतिबेला राष्ट्र बैंकको नेतृत्व कामु गभर्नरको भरमा छ । शेयर धितो कर्जादेखि एलसीसम्म कडाइ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धि भए पनि अनुत्पादक क्षेत्रमा गएकाले यसलाई उत्पादनशील क्षेत्रतर्फ लैजानुपर्ने चुनौती वित्तीय क्षेत्रलाई छ । यही दबाबले राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गर्‍यो । मौद्रिक नीतिमार्फत एक व्यक्तिले एक वित्तीय संस्थाबाट ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाबाट भने घरजग्गा, गाडीलगायत कर्जाको जोखिम भार वृद्धि गर्दै यी क्षेत्रमा लगानी बढाउन निरुत्साहित गरेको छ । यसैगरी, विभिन्न ४७ प्रकारका हार्मोनिक कोडअन्तर्गतका वस्तुको आयात घटाउन एलसीमा शतप्रतिशतसम्म नगद मार्जिनको प्रावधान लागू गरेको केन्द्रीय बैंकले चैत अन्तिममा आएर केही समयका लागि एलसी नै नखोल्न बैंकहरूलाई मौखिक निर्देशन दिएको छ । ब्याजदरमा हस्तक्षेप यो वर्ष बैंकिङ क्षेत्रमा ब्याजदर दबाब पनि अर्को समस्या बन्यो । तरलता अभावसँगै बैंकहरूबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको वातावरण नै सृजना भयो । फलस्वरूप केन्द्रीय बैंकले हस्तक्षेप गरी एकपटकमा १० प्रतिशतभन्दा घटबढ गर्न नपाइने भन्दै निर्देशन जारी गर्‍यो । यसबाट बैंकहरू पनि संयमित भए र ब्याजदर एउटा सीमामै स्थिर बसेको छ । पछिल्लो समय त बैंकरहरूले भद्र सहमति गरेर ब्याजदर वृद्धि हुन दिएका छैनन् । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा भने प्रगति देखिएको छ । १ वर्षअघिको तुलनामा अहिले विद्युतीय माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्या र कारोबारको रकम बढेको छ । केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई विद्युतीय प्रविधिमार्फत कारोबार गर्न प्रोत्साहनका कार्यक्रम गरिरहेका छन् । यतिबेला मोबाइल वालेट, मोबाइल बैंकिङ, कनेक्ट आईपीएसजस्ता सेवाको उपभोग गर्दै वित्तीय कारोबारसमेत बढिरहेको छ । आन्तरिक र बाह्य कारणले गर्दा अर्थतन्त्रको सूचक नकारात्मक भए पनि यसको सुधारका लागि सरकार र केन्द्रीय बैंकले चालेका कदमका कारण अर्थतन्त्र नियन्त्रणभित्रै रहेको सरकारी अधिकारीहरूको दाबी छ । बैंक तथा वित्तीय संस्थाहरूमा बलियो आधार र प्रभावकारी नियमनका कारण समस्या खासै छैन । अर्थतन्त्रलाई सकारात्मक बनाउन सरकार र केन्द्रीय बैंकले चालेका कदमका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव देखा पर्न थालेको छ । चालू आवको पहिलो महीनादेखि नै लगातार घट्न थालेको विप्रषण आप्रवाहमा थोरै सुधार देखिएको छ । फागुनसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यसैगरी, फागुनमा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । विप्रेषण र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएपछि विदेशी मुद्राको सञ्चितिमाथिको दबाब केही घटेको छ । बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदरको उतारचढावले समग्र अर्थतन्त्र र सर्वसाधारणलाई परेको समस्या छिट्टै समाधान हुने राष्ट्र बैंकका अधिकारीहरूले बताउने गरेका छन् ।

सम्बन्धित सामग्री

हाउडे मायालाई बिहे कहिले गर्ने पिरलो

हिन्दू नारीहरूको चाड तीज आउन एक महिनाभन्दा धेरै समय बाँकी छ, तर तीजसम्बन्धी गीत धमाधम आउन थालेका छन्। यसै क्रममा हाउडे माया गायिका सिर्जना खत्रीले पनि यस वर्षको तीजलाई लक्षित गर्दै पिरलो बोलको तीज गीत भिडियोसहित दर्शकमाझ ल्याएकी छिन्। गायिका खत्रीकै शब्द संगीत र स्वर रहेको गीत उनकै युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको हो। यस […]

काठमाडौंमा सुनको किचलो चलिरहँदा कर्णालीमा चामल र नुनको पिरलो

मुगु : कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन भने यतिवेला देशको राजधानी काठमाडौंमा सुन तस्करीको किचलो चलिरहेको छ।अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामल अभाव छ। मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बिक्री वितरणमा रोक लगाएको छ।कम्पनीले एक सातादेखि चामल बिक्री वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्त

किसानलाई सधैँ सिँचाइकै पिरलो

ढोरपाटन, ५ जेठ । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा […]

‘सधैँ कर्मचारीकै पिरलो’

जनकपुरधाम, २० वैशाख । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । “एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुप¥यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै […]

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

सुर्खेत, चैत १९ । कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्। हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा हरेक वर्ष फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नयाँ शैक्षिक सत्रका […]

हुम्लीलाई घर फर्किन सधैँ जहाजकै पिरलो

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एक मात्रै हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो, हवाईजहाज । सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको छ । दसैँ–तिहार नजिक...

हुम्लावासीलाई सधैँ जहाजकै पिरलो

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एकमात्रै जिल्ला हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो हवाइजहाज। साहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैं जहाजकै पिरलो हुँदै आएको छ। दसैँ तिहार नजिक आउनै...

तरलताको पिरलो

काठमाडौं, वैशाख १ । वित्तीय क्षेत्रका लागि वर्ष २०७८ तरलता (लगानीयोग्य पूँजी) अभावको वर्षका रूपमा रह्यो । कोरोना महामारी मत्थर हुनेबित्तिकै आर्थिक गतिविधि चलायमान हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा कर्जा विस्तारमा जोड दिए । तर, बैंकहरूको कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि हुन नसकेपछि बैंकिङ प्रणालीमा तरलता अभाव हुन थाल्यो । फलस्वरूप वर्षको अन्तिममा आइपुग्दा […]

तुवाँलोले हवाई उडानमा सधैं पिरलो

पोखरा, चैत २२ । पछिल्लो साता पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भए। एक साता अघिदेखि दिनहुँ ‘डिस्टर्व’ भइरहेका उडान सोमबार मात्र तोकिएको संख्यामा हुन सके। तुवाँलोका कारण भिजिविलिटी नपुग्दा पोखराबाट विभिन्न गन्तव्यका लागि हुने उडान प्रभावित हुँदै आएका छन्। तुवाँलोका कारण उडान प्रभावित हुँदा यात्रुलाई भने सधैं सास्ती हुने गरेको छ। पोखरा विमानस्थलका सूचना […]

किसानलाई सधैंभरि मलको पिरलो

असार महिना अधिकांश किसानका लागि मानो रोपेर मुरी फलाउन धान रोप्ने समय हो । यतिबेला नेपालमा मनसुन पनि भित्रिसकेको छ । सिँचाइ नभएका ठाउँहरूमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । तर, धान रोप्नुअघि नै किसानलाई सधैंको पिरलो मलले नपाउने समस्या यसपालि पनि देखिएको छ । देश लगभग पूर्ण रूपमा बन्दाबन्दीमा छ । तर, कृषिकर्म भने […]