काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका लागि डिजिटल प्लेटफर्म मार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ च्याटबोट सेवा ‘माया’ सेवा सुरु गरिएको एनसेलले जनाएको छ । एनसेलले सुरु गरेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस्तो सेवाको सुरुवात गरेको एनसेलले जनाएको छ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसए