७२ औं गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं । भारतले मंगलबार ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । मंगलबार बिहान राजपथमा गणतन्त्र दिवसको परेड शुरु हुँदैछ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउँदै गरेको हो । भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ... The post ७२ औं गणतन्त्र दिवस मनाउँदै भारत appeared first on Purbeli News.

सम्बन्धित सामग्री

विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति

पेरिस – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गरेको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको बताएका छन्। उनले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताए । सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक […]

भारतको गणतन्त्र दिवसमा नेपालीले किन खुलेर बधाई दिन सक्दैनन्

सन् १९४७ अगस्त १५ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको अवसरमा त्यहाँ भव्यताका साथ गणतन्त्र दिवस मनाइन्छ । तर, यही दिवसमा नेपाली जनताले भने भारतलाई खुलेर बधाई दिन सक्दैनन् । यसको एउटै कारण छ तत्कालीन बेलायती शासक र नेपालबीच भएको सुगौली सन्धिबाट हडपेको नेपाली भूमि दुई मुलुकबीच भएको सन्धिको प्रावधान अनुसार पनि अहिलेसम्म फिर्ता नहुनु …

भारतको नयाँ दिल्लीमा मनाइयो गणतन्त्र दिवस

भारतको नयाँदिल्लीमा १५ औं गणतन्त्र दिवस मनाइएको छ ।  अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको आयोजनामा गणतन्त्र दिवस मनाइएको हो । दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिका अध्यक्ष बेल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका दिल्ली राज्य सचिव अटल परियार, निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी महासचिव चक्र बहादुर मलाती , उपमहासचिव आरबी खड्कासहित नारायण बिक, केन्द्रीय सदस्य अर्जुन दयाललगायतको सहभागिता रहे

भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

काठमाडौं (अस) । काठमाडौंस्थित भारतीय राजदूतावासमा बुधवार भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा उत्तोलन गरेर कार्यक्रम शुरू गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले बताएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महीनासम्म विभिन्न कार्यक्रमको आयोजना गरिने उल्लेख छ । नेपालभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ ओटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्ने बताएको छ । कार्यक्रम दूतावासका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

भारतको ७३ औं गणतन्त्र दिवस : गुगल र माइक्रोसफ्टका सिइओ पद्म भूषणबाट सम्मानित

भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सिइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो । ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम बंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्न

भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डाै – भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष याे दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ । पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्...

नेपाल भारत सम्बन्धका आयाम

नेपालको दक्षिणी छिमेकी भारतले बेलायती शासनबाट स्वतन्त्र भएर गणतन्त्रात्मक संविधान जारी गरेपछि बर्सेनि दिवसका रूपमा खुसीयाली मनाउँदै आएको छ । आज भारतको ७३औंँ गणतन्त्र दिवस हो । गणतन्त्र दिवस धेरै देशमा गणतन्त्र बनेको दिनको सम्झनामा मनाउने दिनको नाम हो । २६ जनवरी, १९५० मा भारतीय संविधान लागू भएको मितिलाई दिवसका रूपमा सम्मान गर्दछ । गणतन्त्र दिवसमा नयाँ दिल्लीको राजपथमा भव्य परेडको आयोजना गरिन्छ । देशको रक्षा क्षमता, विविधता र समृद्ध सांस्कृतिक सम्पदा प्रदर्शन हुने गर्दछ ।

भारतको गणतन्त्र दिवसमा 'गेस्ट अफ अनर' बनेर यसरी सहभागी भएका थिए राजा वीरेन्द्र

प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन छिमेकी देश भारतले गणतन्त्र दिवस मनाउने गर्छ । गणतन्त्र दिवसमा विभिन्न देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथि बनाएर ल्याउने गरिन्छ । गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विदेशी राष्ट्रप्रमुखहरूलाई सम्मानित अतिथि अर्थात् गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गर्ने गरेको छ ।  यसपटक भने कोरोनाभाइरस (कोभिड- १९)का कारण विदेशी राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छैन । सन् १९९९ मा नेपालका तत्कालीन राजा वीरेन्द्रलाई गणतन्त्र दिवसको परेडमा गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गरिएको थियो । ...

भारतीय दूतावासले मनायो ‘७० औं गणतन्त्र दिवस’ (भिडियोसहित)

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ७० औं भारतीय गणतन्त्र दिवस मनाएको छ ।   गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले यो वर्ष नेपाल भारत सम्बन्धमा थप सुदृढ भएको र ‘नेपाल, सुखी ...