पाहुना पर्खँदै थारु होमस्टे

पाहुनालाई आत्मियतासहित स्वागत सत्कार गर्न गत वर्षदेखि रुपन्देहीको सैनामैनामा थारु होमस्टे संचालित छ । बुद्धकालीन पूरातात्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन भएको हो ।

सम्बन्धित सामग्री

पाहुनालाई मौलिक स्वाद चखाउँदै माघी होमस्टे

१६ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-४ का सीताराम चौधरी घरमा कोही पाहुना नआएको दिन न्यास्रो मान्छन् । पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दै समय बिताउने चौधरीको दिनचर्या नै बनिसक्यो । माघी होमस्टे थारु गाउँका अध्यक्ष समेत रहेका चौधरी आफूले पनि घरमा होमस्टे सञ्चालन गरेका छन् । पूर्वपश्चिम राजमार्गको सुखड बजारदेखि पाँच किलोमिटरको दूरीमा […]

होमस्टे सञ्चालन गर्न सरकारको सहयोग रहन्छ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् । होमस्टे (घरबास) महासंघ […]

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे

राँझा (बाँके), १५ भदौ । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । “अरु बेला त भीडभाड नै हुन्छ, तर वर्षायामको […]

पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका …

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । “सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भने, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट […]

सहरलाई गाउँसँग जोड्दै होमस्टे

-भेषराज बस्नेत/ बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । […]

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् । पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।“गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो”, सचिव रानाले भने, “कोरोना स

कोरोनाको दोस्रो लहरपछि होमस्टे सुनसान

कोरोना महामारीले थलिएका सुदूरपश्चिम प्रदेशका होमस्टे दोस्रो लहरपछि अझैसम्म सुनसान छन् ।कोभिड १९ को दोस्रो लहर कम भएसँगै अन्य पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेपनि होमस्टेहरुमा अझै पनि पाहुना आउन थालेका छैनन् । सुदूरपश्चिमका होमस्टे सञ्चालकहरुले पाहुना कुर्दा कुर्दा हैरान भइसकेको बताउँछन् ।लम्कीचुहा नगरपालिका–३ मा बसेरा होमस्टे सञ्चालन गरिरहेका दीपक चौधरीले कोरोनाको दोस्रो चरणको कोरोनाले […]

तंग्रिन खोज्दै होमस्टे

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।...

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]