गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ

२० पुस, काठमाडौं । दिगो बैंकिङका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु […]

सम्बन्धित सामग्री

वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालको बैंकिङ प्रणालीलाई बलियो र सुरक्षित बनाउन वित्तीय साक्षरता बढाउनु आवश्यक रहेको सरोकारवाला एवं विज्ञहरूले बताएका छन् । मंगलवार काठमाडौंमा भएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को ‘दिगो र समावेशी विकासका लागि वित्तीय साक्षरता:  छुटेको अध्याय’ विषयक सत्रमा उनीहरूले यस्तो धारणा राखेका हुन् । सत्रमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाले अहिले देशका प्राय: सबै ठाँउमा बैंकिङ पहुँच पुगेकाले सर्वसाधारणलाई प्रणालीसँग अभ्यस्त बनाउँदै लग्नुपर्ने बताइन् । ‘बझाङको एउटा गाउँपालिकाबाहेक देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको छ । ग्रामीण शाखाहरूले बचत संकलन एवं कर्जा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भनिन् । डेपुटी गर्भनर डा. ढुंगानाका अनुसार साना उद्यमको प्रवर्द्धनमा पनि वित्तीय संस्थाको भूमिका उल्लेखनीय छ । महिला सशक्तीकरणमा बैंकिङ क्षेत्रको योगदानलाई नकार्न मिल्दैन । अहिलेसम्म ८४ हजार महिलालाई विभिन्न खाले कर्जा प्रवाह भएको छ । महिलाको नाममा निष्कासन भएको कर्जाको उपयोग अरुले गर्ने तर ऋण पासोचाहिँ महिलामाथि नै पर्न जाने स्थिति देखिएकाले वित्तीय साक्षरता आवश्यक भएको उनको भनाइ छ ।  न्यू बिजनेश एज प्रालिका अध्यक्ष तथा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले विगतको तुलनामा वित्तीय साक्षरतामा सुधार आएको बताए । वित्तीय साक्षरतालाई यो स्तरमा पुर्‍याउन मिडिया क्षेत्रले प्रशस्त भूमिका निभाएको उनको भनाइ छ । ‘वित्तीय साक्षरताको स्थितिमा धेरै सुधार भएको छ तर अझैं गर्नुपर्ने कुरा पनि कम छैनन् । हामीसँगै बैंकिङ प्रणालीमा अगाडि बढेका अन्य देशहरूको तुलनामा हामी पछाडि नै छौं । यो कुरा महालेखाको बेरुजुसम्बन्धी प्रतिवेदनबाट पनि छर्लङ्ङ हुन्छ,’ अध्यक्ष तथा प्रधान सम्पादक लम्सालले भने, ‘कतिपय अवस्थामा बैंककै कमर्चारीलाई पनि न्यूनतम वित्तीय जानकारी नहुने पाइएको छ । त्यसबाहेक देशका नेता, सांसद, न्यायाधीश र सर्वसाधारण सबैलाई बैंकिङ शिक्षा आवश्यक छ ।’ अब उद्यमशीलता र डिजिटल बैंकिङको समय भएकाले वित्तीय साक्षरतालाई पनि त्यतैतिर बढी केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।  नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरताको कुरा आम सर्वसाधारणदेखि माथिल्लो तहसम्म सबैलाई सिकाउनुपर्ने बताए । ‘हामीले समाजका विभिन्न क्षेत्र एवं वर्ग समुदायमा लगानी गरेका छौं । उद्यमशीलताको प्रवर्द्धन भयो भने नेपालको विकासको ढोका खुल्छ,’ अध्यक्ष पौड्यालले भने, ‘मीटरब्याजको प्रचलन हटाउन वा घटाउन बैंकका ग्रामीण शाखा र माइक्रो फाइनान्सहरूको ठूलो योगदान छ । यी सबै कुरालाई अभैm विस्तार गर्न बैंकिङ शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।’ राष्ट्रिय वाणिज्य बैंकका डेपुटी चिफ एक्जेक्युटिभ अफिसर पवन रेग्मीले सबैको समानरूपले बैंकिङ क्षेत्रमा पहुँच नपुगेकाले विकास समान अनुपातले हुन नसकेको बताए । उनका अनुसार वित्तीय साक्षरताको अभावमा पनि पहुँचमा रहेका सबैले सुविधा लिन सकिरहेका छैनन् । अब पाठ्यक्रममा विद्यालय स्तरबाटै वित्तीय शिक्षा समावेश गरेर सबै नागरिकलाई जानकार बनाउनुपर्छ ।  वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नैपर्छ भन्ने कुराको ज्ञान पनि सबैलाई दिनुपर्ने आवश्यकता रहेको रेग्मीले बताए ।  बैंकिङ प्रणालीका विभिन्न पक्षमा छलफलको लागि आयोजना गरिएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए […]

आमनागरिकलाई वित्तीयसँगै डिजिटल शिक्षा दिनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । आमनागरिकले वित्तीय साक्षरतासँगै डिजिटल साक्षरताबारे पनि जानकारी पाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बैंकिङ शिक्षा र नविल बैंकसँगको सहकार्यमा गत साता लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनीधि अधिकारीले वित्तीय साक्षरता अभिवृद्धिमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा […]

‘मूल्यवृद्धि हुन नदिन मौद्रिक नीतिको महत्वपूर्ण भूमिका हुन्छ’

नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीतिको तर्जुमा गर्ने गरेको छ । एक आर्थिक वर्षका लागि एक पटक मौद्रिक नीति बन्ने भए पनि हरेक तीन-तीन महिनामा मौद्रिक नीतिको समीक्षा हुने गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक स्थायित्व कायम राख्न मद्दत पुग्ने गरी मौद्रिक नीतिको तर्जुमा गरिन्छ । प्रस्तुत छ, बैंकिङ शिक्षा अभियान अन्तर्गत सर्वसाधारणलाई […]

वित्तीय शिक्षा सबैका लागि आवश्यक छ : गभर्नर अधिकारी

२० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता कति छ भनेर नम्बरमा हेरेर नहुने बताएका छन् । दिगाे बैंकिङका लागि वित्तीय साक्षरता भन्ने नाराका साथ मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रममा बाेल्दै गभर्नर अधिकारीले बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्याे संख्या हेरेर नहुने बताएका हुन् । वित्तीय […]

फाइनान्स कम्पनीको नाम पछि ‘बैंक’ लेख्न दिनुपर्छ : अध्यक्ष तुलाधर

२० पुस, काठमाडौं । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सराेजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामकाे पछाडि ‘बैंक’ लेख्न दिन माग गरेका छन् । मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रम शुभारम्भ कार्यक्रममा बाेल्दै उनले सर्वसाधारणलाई फाइनान्स कम्पनी भनेकाे के हाे भन्ने बुझ्नै समस्या भएको बताए । धेरैले फाइनान्स कम्पनी भन्ने वित्तिकै सहकारी संस्था हाे […]

१३ महिला टेम्पो चालकलाई आइडिया स्टुडियोको वित्तीय प्रशिक्षण

बैंक र स्टुडियोले सञ्चालनमा ल्याएको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत साक्षरता कार्यक्रममा सहभागी महिलालाई वित्तीय प्रशिक्षण, डिजिटल बैंकिङ शिक्षा र वित्तीय व्यवस्थापनको बारेमा जानाकारी दिइएको थियो