वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालको बैंकिङ प्रणालीलाई बलियो र सुरक्षित बनाउन वित्तीय साक्षरता बढाउनु आवश्यक रहेको सरोकारवाला एवं विज्ञहरूले बताएका छन् । मंगलवार काठमाडौंमा भएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को ‘दिगो र समावेशी विकासका लागि वित्तीय साक्षरता:  छुटेको अध्याय’ विषयक सत्रमा उनीहरूले यस्तो धारणा राखेका हुन् । सत्रमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाले अहिले देशका प्राय: सबै ठाँउमा बैंकिङ पहुँच पुगेकाले सर्वसाधारणलाई प्रणालीसँग अभ्यस्त बनाउँदै लग्नुपर्ने बताइन् । ‘बझाङको एउटा गाउँपालिकाबाहेक देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको छ । ग्रामीण शाखाहरूले बचत संकलन एवं कर्जा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भनिन् । डेपुटी गर्भनर डा. ढुंगानाका अनुसार साना उद्यमको प्रवर्द्धनमा पनि वित्तीय संस्थाको भूमिका उल्लेखनीय छ । महिला सशक्तीकरणमा बैंकिङ क्षेत्रको योगदानलाई नकार्न मिल्दैन । अहिलेसम्म ८४ हजार महिलालाई विभिन्न खाले कर्जा प्रवाह भएको छ । महिलाको नाममा निष्कासन भएको कर्जाको उपयोग अरुले गर्ने तर ऋण पासोचाहिँ महिलामाथि नै पर्न जाने स्थिति देखिएकाले वित्तीय साक्षरता आवश्यक भएको उनको भनाइ छ ।  न्यू बिजनेश एज प्रालिका अध्यक्ष तथा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले विगतको तुलनामा वित्तीय साक्षरतामा सुधार आएको बताए । वित्तीय साक्षरतालाई यो स्तरमा पुर्‍याउन मिडिया क्षेत्रले प्रशस्त भूमिका निभाएको उनको भनाइ छ । ‘वित्तीय साक्षरताको स्थितिमा धेरै सुधार भएको छ तर अझैं गर्नुपर्ने कुरा पनि कम छैनन् । हामीसँगै बैंकिङ प्रणालीमा अगाडि बढेका अन्य देशहरूको तुलनामा हामी पछाडि नै छौं । यो कुरा महालेखाको बेरुजुसम्बन्धी प्रतिवेदनबाट पनि छर्लङ्ङ हुन्छ,’ अध्यक्ष तथा प्रधान सम्पादक लम्सालले भने, ‘कतिपय अवस्थामा बैंककै कमर्चारीलाई पनि न्यूनतम वित्तीय जानकारी नहुने पाइएको छ । त्यसबाहेक देशका नेता, सांसद, न्यायाधीश र सर्वसाधारण सबैलाई बैंकिङ शिक्षा आवश्यक छ ।’ अब उद्यमशीलता र डिजिटल बैंकिङको समय भएकाले वित्तीय साक्षरतालाई पनि त्यतैतिर बढी केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।  नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरताको कुरा आम सर्वसाधारणदेखि माथिल्लो तहसम्म सबैलाई सिकाउनुपर्ने बताए । ‘हामीले समाजका विभिन्न क्षेत्र एवं वर्ग समुदायमा लगानी गरेका छौं । उद्यमशीलताको प्रवर्द्धन भयो भने नेपालको विकासको ढोका खुल्छ,’ अध्यक्ष पौड्यालले भने, ‘मीटरब्याजको प्रचलन हटाउन वा घटाउन बैंकका ग्रामीण शाखा र माइक्रो फाइनान्सहरूको ठूलो योगदान छ । यी सबै कुरालाई अभैm विस्तार गर्न बैंकिङ शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।’ राष्ट्रिय वाणिज्य बैंकका डेपुटी चिफ एक्जेक्युटिभ अफिसर पवन रेग्मीले सबैको समानरूपले बैंकिङ क्षेत्रमा पहुँच नपुगेकाले विकास समान अनुपातले हुन नसकेको बताए । उनका अनुसार वित्तीय साक्षरताको अभावमा पनि पहुँचमा रहेका सबैले सुविधा लिन सकिरहेका छैनन् । अब पाठ्यक्रममा विद्यालय स्तरबाटै वित्तीय शिक्षा समावेश गरेर सबै नागरिकलाई जानकार बनाउनुपर्छ ।  वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नैपर्छ भन्ने कुराको ज्ञान पनि सबैलाई दिनुपर्ने आवश्यकता रहेको रेग्मीले बताए ।  बैंकिङ प्रणालीका विभिन्न पक्षमा छलफलको लागि आयोजना गरिएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । 

सम्बन्धित सामग्री

हिमालयन बैंकको वित्तीय साक्षरता

हिमालयन बैंकले सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

आरम्भ चौतारीको वित्तीय साक्षरता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको […]

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ।

वित्तीय साक्षरता ५८ प्रतिशत

७ पुस, काठमाडौं । समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेाक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको तुलनामा पुरुषको साक्षरता ७.५ प्रतिशतले बढी रहेको […]

वाइसिएलद्वारा वित्तीय साक्षरता तालिमको आयोजना

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ । ‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाइसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित  वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाइसीएलले जनाएको छ । युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाइसीएलका संयोजक सुमन दे

सनराइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बै‌ंकले जनाएको छ । । यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । […]

वित्तीय साक्षरता बढाउन हाजिरी जवाफ प्रतियोगिता

वीरगन्ज-बैंकर्स क्लब वीरगन्जले वित्तीय साक्षरता बढाउन पहिलो पटक अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।वित्तीय साक्षरतालाई नयाँ तरिकाबाट जानकारी गराउने उद्देश्यले पहिलो पटक वित्तीय साक्षरता सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको आयोजकको दावी छ ।वित्तीय साक्षरता बढाउन विभिन्न क्रियाकलाप गर्दै आएका बैंकहरुले यसपटक नयाँपन ल्याउन खोजेको र यसले वित्तीय साक्षरता अभिवृद्धि गर्ने विश्वासका […]

सानिमाको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।...

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपति स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।त्यसैगरी बैंकले […]

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...