विकास बैंकहरुले ब्याजदरबारे गरे यस्तो सहमति

विकास बैंकहरुले ब्याजदरबारे भद्र सहमति गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारीहरुको छलफलले ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो।जस अनुसार राष्ट्रिय स्तरका विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम १०.२५ प्रतिशतसम्म र साधारण बचतको न्युनतम ब्याज ५.२५ प्रतिशतसम्म कायम गर्ने सहमति भएको स्रोतले जनाएको छ । त्यस्तै क्षेत्रिय स्तरका विकास बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.३० प्रतिशत र साधारण बचतको न्युनतम ब्याज ५.३० प्रतिशतसम्म कायम गर्ने सहमति भएको बताईएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो महिनामा रहेको सोहि वर्गका बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतसम्म मात्र बढाउँन सक्ने गरि निर्देशन जारी गरेको थियो । विकास बैंकहरुले ब्याजदरमा सहमति गरेपनि निक्षेपको ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास भने असफल भएको छ। बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम ब्याजदर एकल अंक मै राख्नको लागि आज दिनभर जस्तो छलफल गरे पनि सो प्रयास अफल भएको हो। सीइओहरुबीच मुद्दतीको निक्षेपको ब्याजदर एकल अंकमा राख्ने प्रयास असफल भएसंगै अब अधिकांश बैंकहरुले नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार नै औसत ब्याजदरमा १० प्रतिशत बढाएर ब्याजदर कायम गर्ने छन् । जस अनुसार अधिकांश वाणिज्य बैंकहरुले भोलि मंगलबार मङ्सिर महिनाको लागि डबल अंकको ब्याजदर प्रकाशन गर्ने एक सीईओले बताए। उनका अनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत, संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशत र साधारण वचतमा न्युनतम ५.०५ प्रतिशत कायम गरिएको सूचना प्रकाशन गर्ने सम्भावना छ । बैंकहरुबीच अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्नको छलफल भएको थियो । तर बैंकहरुले एकल अंकको ब्याजदर राख्दा विकास बैंक र वाणिज्य बैंकको ब्याजदरको अन्तर धेरै हुने र त्यसो हुँदा वाणिज्य बैंकको निक्षेप विकास बैंकमा जान सक्ने भएकोले दोहोरो अंक कै ब्याजदरमा जाने सहमति बैंकहरुले गरेको बताईएको छ।

सम्बन्धित सामग्री

मिटरब्याजपीडितको अर्को समूह काठमाडौं जाँदै, सहमति कार्यान्वयनमा आशंका

महोत्तरीबाट मिटरव्याजपीडितको अर्को समूह पनि काठमाडौं आउने भएको छ । सरकारले काठमाडौंमा विभिन्न सहमति गरे पनि आफूहरु विश्वस्त हुन नसकेको भन्दै उनीहरु काठमाडौं जाने भएका हुन् । सरकारले सहमति गरेका विषय...

राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूसँग  भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता नदेखाएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन्। उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे। अहिले राज्यमा […]

सत्ता गठबन्धनबीच चुनावी तालमेलको ‘भद्र सहमति’, भागवण्डा कसरी होला ?

काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरे । उनले कसैले पनि एक्लै बहुमत ल्याउने अवस्था […]

माधव नेपालले भने– ‘एमसीसी पास गर्ने विषयमा आफूहरूको सहमति छैन’

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्नेबारेमा आफूहरूको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे ‘सरकार जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर, पास गर्ने सहमति नभएको […]

ओलीले गरे एमाले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन, सहमति गर्न आग्रह (भिडियो)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेका छन् । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमति गर्न जोड दिए । उनले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गरे । गत मंसिरमा […]

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छैन : मुख्यमन्त्री राई

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्

प्रधानमन्त्री देउवा र डा केसीबीच सहमति, केसीले स्थगित गरे अनसन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच सहमति भएको छ। प्रधानमन्त्री देउवा र डा केसीबीच आज भएको वार्तामा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहमति भएसँगै डा केसीले अनसन स्थगित गरेका छन्। डा केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले उनीसँग आज वार्ता गरेका…

सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे । उनले […]

नेपाल, खनाल र गौतमले गरे नयाँ दल खोल्ने सहमति

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन् । आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन् । विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल […]

भारत र पाकिस्तानबीच एलओसीमा युद्धविरामका सबै सहमति पालन गर्ने सहमति

भारत र पाकिस्तानले बिहीवार एक संयुक्त बयान जारी गर्दै नियन्त्रण रेखा (एलओसी) तथा अन्य सेक्टरमा युद्धविरामका सबै सहमति कठोरतापूर्वक पालन गर्ने सहमति गरेका छन् ।    युद्धविरामको निर्णय बुधवार मध्यरातबाट लागू भएको छ । भारत र पाकिस्तानका डिरेक्टर जनरल्स अफ मिलिटरी अपरेसन्सको बैठकले निर्णय गरेको हो ।  उनीहरूले हटलाइन कन्ट्याक्टको संयन्त्रका विषयमा कुराकानी गरे र नियन्त्रण रेखाको परिस्थितिको समीक्षा पनि गरे ।  ‘सीमामा पारस्परिक हित तथा दिगो शान्ति प्राप्त गर्नका लागि दुई डीजीएमओले एकअर्काको केन्द्र...