ओलीले गरे एमाले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन, सहमति गर्न आग्रह (भिडियो)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेका छन् । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमति गर्न जोड दिए । उनले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गरे । गत मंसिरमा […]

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : कालिकोटमा पाण्डे र शाहीबीच प्रतिस्पर्धा

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कालिकोटमा पनि निर्वाचन हुने भएको छ । सहमति नजुट्दा जसीप्रसाद पाण्डे र रमेशकुमार शाहीको प्यानल चुनावी मैदानमा होमिएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज नेशनल शाहीका अनुसार बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ । अध्यक्ष पदका उम्मेदवार पाण्डे खाडाचक्र नगरपालिकाका मेयर हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्

एमाले जिल्ला अधिवेशन: पार्टीको नीतिविपरीत प्यानल बनाएर प्रतिस्पर्धा

एमाले जिल्ला अधिवेशनमा सहमति हुन नसके लोकतान्त्रिक विधि अपनाउन केन्द्रको निर्देशन थियो । केन्द्रको निर्देशनअनुसार, धेरैजसो जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए । तर, सहमति हुन नसकेका केही जिल्लामा भने प्यानल बनाएर प्रतिस्पर्धा गरेको पाइएको छ ।

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाउनुभएको छ । उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित हुनुभएको छ । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

एमाले जिल्ला अधिवेशन : बाग्लुङमा १० बुँदे पक्षको वर्चश्व

२६ पुस, पोखरा । नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो । सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण […]

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा र चन्द प्यानल चुनावी मैदानमा

धनगढी – नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कैलालीमा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। आज मतदान हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो तर हुन सकेन। सहमति हुन नसकेपछि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी […]