सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

आइएमई पे र सिटी एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई सहज तरिकाले आफ्ना विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरिएको...

सम्बन्धित सामग्री

आइएमई पेको ‘फील द एयर’ अफर

काठमाडौं । आइएमई पेले चन्द्रागिरि हिल्सको टिकट काट्ने आफ्ना प्रयोगकर्ताका लागि ‘फील द एयर’ अफर ल्याएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताले एपमार्फत चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेका विभिन्न राइड्समा छूट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले जिप लाइनिङमा १५ प्रतिशत छूट, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छूट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । योजनामा हरेक दिन एक जना विजेताले चन्द्रागिरि केबलकारको इभिनिङ टिकट निःशुल्क पाउनेछन् । यो मौका टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने कम्पनीले बताएको छ । अफरको विजेताको घोषणा एवं सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सकिनेछ ।

ट्राफिक जरिबाना भुक्तानीमा सहकार्य गर्दै आईएमई पे

काठमाण्डाै – ट्राफिक जरिबाना हाल आइएमई पे वालेट  मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाण्डौ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिबाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढा...

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत १७ सम्म लागू रहने कम्पनीले जनाएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफर अन्तर्गत देशभर बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन ५ जनालाई १ हजार रुपैयाँ हरेक हप्ता दुई २ जनालाई २५ सय रुपैयाँ र बम्परमा एकजनालाई १ लाख ५०