काठमाडौं । आइएमई पेले चन्द्रागिरि हिल्सको टिकट काट्ने आफ्ना प्रयोगकर्ताका लागि ‘फील द एयर’ अफर ल्याएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताले एपमार्फत चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेका विभिन्न राइड्समा छूट प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले जिप लाइनिङमा १५ प्रतिशत छूट, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छूट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । योजनामा हरेक दिन एक जना विजेताले चन्द्रागिरि केबलकारको इभिनिङ टिकट निःशुल्क पाउनेछन् । यो मौका टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने कम्पनीले बताएको छ । अफरको विजेताको घोषणा एवं सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सकिनेछ ।