१३१ महिला तथा बालिकाको उद्धार

एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ ।

सम्बन्धित सामग्री

पूर्वन्यायाधीशकै घरमा बालश्रमिक

बालश्रमिकका रूपमा पूर्वन्यायाधीशको घरमा काम गर्दै गरेकी बालिकाको उद्धार गरिएको छ।

रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो।  बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

अपहरित १ वर्षीया बालिकाको उद्धार

काठमाडौं, ४ असार । विराटनगरबाट अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ। रोडरोष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट मंगलबार उद्धार गरेको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रिय अपराध अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बालिकाको उद्धार गरेको हो । प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न २ बजे पत्रकार […]

विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार

मोरङ – भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थमा विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार झापा विर्तामोड घर भएकी १३ वर्षीया बालिका घर नजिकैको नाट्यशालामा जाने क्रमबाट बेपत्ता भएकी थिइन्। बिर्तामोड–४ की बालिकाले शनिबार परिवारलाई घरबाट नृत्य सिक्न निस्केको जनाउँदै बेपत्ता भएकी थिइन्। […]

सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार, प्रेमी जोडी पक्राउ

नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ ।  झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमु

अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]

वीरगञ्जबाट बालिकाको उद्धार‚ एक पक्राउ

पर्सा : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई उद्धार गरेको छ। बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य द्वारबाट मंगलबार उद्धार गरेको हो। माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क

एक वर्षदेखी गोठमा थुनिएकी बालिकाको उद्धार

सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्धार गरिएको छ ।