अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा […]

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीबाट ८३० अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक कम्पनीहरूले तत्कालीन प्रयोगका लागि विभिन्न स्वास्थ्य चौकी तथा जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । निर्माणका चरणमा रहेका ३० जलविद्युत् आयोजनाले सरकारलाई उक्त संख्यामा सिलिण्डर प्रदान सहयोग गरेको विद्युत् विकास विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । यस्तै, निर्माण सम्पन्न भएका आयोजनाले पनि २० सिलिन्डर प्रदान गरेको तथ्यांक छ । नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूसँग १०८८ ओटा अक्सिजन सिलिन्डर छन् । सो संख्यामा सहयोगपछि पनि ती आयोजनासँग अझै २५८ ओटा सिलिन्डर बाँकी छन् । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमितको उपचारमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव भएको थियो । त्यसपछि विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूलाई अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नेतृत्वमा विभिन्न आयोजनाले सरकारलाई सिलिन्डर दिएका हुन् । कोरोना कहर सकिएपछि सरकारले उक्त सिलिन्डर प्रवर्द्धक कम्पनीहरूलाई नै फिर्ता गर्ने बताइएको छ । आयोजनाहरूको निर्माणका क्रममा वेल्डिङको काम गर्न अक्सिजन आवश्यक पर्छ । यसका लागि अहिले नयाँ प्रविधि आइसके पनि अधिकांश आयोजनाले अझै अक्सिजन आवश्यक पर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् । विभागका महानिर्देशक नवीनराज सिंहले विद्युत् प्रवद्र्धक कम्पनीबाट उक्त परिमाणमा अक्सिजन सिलिन्डर प्राप्त भएको बताए । ‘कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सघाउन जलविद्युत् आयोजनालाई आग्रह गरेका थियौं । त्यसपछि प्रवद्र्धक कम्पनीहरूबाट सिलिन्डर प्राप्त भएको हो,’ उनले भने, ‘अब कोरोना कहर समाप्त भएपछि फिर्ता गर्नेछौं ।’ इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारलाई आवश्यक परे अझै पनि अक्सिजन सिलिण्डर दिइने बताए । ‘हामीले पहिले नै आयोजनाहरूमा भएका सबै सिलिण्डर प्रयोग गर्न दिने निर्णय गरेका छौं । हामीसँग अझै पनि अक्सिजन सिलिण्डर बाँकी छन्,’ उनले भने, ‘अहिले सिलिन्डरको अभाव छैन । आवश्यक परेमा दिन पछि हट्दैनौं ।’ कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि इप्पान आफैले पनि अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने निर्णय गरेको थियो । तर, अहिले अक्सिजन अभावको समस्या समाधान हुँदै गएपछि यस विषयमा पुनर्विचार गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ । ‘अहिले अक्सिजनको समस्या त्यति देखिँदैन । विभिन्न मुलुकबाट पनि यसमा सहयोग भयो । हामीले अक्सिजन प्लान्ट बनाएर दिँदा ढिला होला,’ उनले भने, ‘त्यसैले यसका लागि उठेको पैसाले अन्य कुनै सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ अक्सिजन प्लान्ट बनाउन इप्पानले विभिन्न प्रवद्र्धक कम्पनीबाट डेढ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ ।

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् । उनले अक्जिसनको आपूर्ति सहज […]

मन्त्रालयको आग्रह : सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो, उसैलाई फिर्ता गर्नुस्

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ। आज सूचना जारी गर्दै व्यक्तिगत,संस्थागत,आइसोलेशन केन्द्र र अस्पतालको प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो, उसैलाई फिर्ता गर्न मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आग्रह हुन्। अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्दा समस्या आएको उनले बताए।

पोखरामा ‘अक्सिजन बैंक’ स्थापना

कास्की । कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । पोखराका क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कशप एशोसिएशनसँगको सहकार्यमा अक्सिजन बैंक स्थापना गरेका हुन् ।      अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउनेगरी अक्सिजन बैंक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । ‘अटो मेकानिकल वर्कशपहरूमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरूमा उपलब्ध गराउने गरी अक्सिजन बैंक स्थापना गरिएको हो,’ उनले बताइन् । कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपत्कालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरूको अभियानमा साथ दिन आग्रह गरेका छन् ।    ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागिपरेका छौं,’ उनले भने, ‘कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन आग्रह गर्छौं ।’  रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिड टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान शुरू गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरू सिलिण्डर खोजीमा जुटेका छन् । रासस

झण्डै ७० प्रतिशत उद्योगी/व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरि...

'स्टकमा रहेका खाली अक्सिजन सिलिण्डर फिर्ता गराैँ'

नेपाल अक्सिजन ग्याँस उत्पादक संघले आफूसँग स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको छ।

अक्सिजन सिलिण्डर लुकाउनेलाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडाैं : सरकारले आफ्नाे निर्णय विपरित अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको जनाउँदै ति अक्सिजनहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको  हो।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन्। मन्त्रालयले

घरमा रहेका अक्सिजन सिलिण्डिर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारको आग्रह

काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो ।  केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको छ ।   “तपाईंले घरमा जगेडाको रूपमा...