काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरि...