बढ्यो हवाइ भाडा

आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले शनिबारदेखि लागू हुनेगरी हवाइ भाडा अन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ । संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल सरचार्ज वृद्धि गरेको हो । इन्धनको मूल्यमा आउने फेरबदलअनुसार हवाइ भाडापनि स्वचालित रुमा घटबढ हुने गरेको कन्तिपुर दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

अलैँची निर्यात ८५ प्रतिशतले बढ्यो, नयाँ गन्तव्य खोज्न आवश्यक : व्यवसायी

काठमाडौं । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तर नेपाली अलैँचीको बजार भारतमा मात्र केन्द्रित भएकाले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नु पर्ने व्यवासायी बताउँदै आएका छन् ।  विभागका अनुसार चालु आवको ११ महीनामा नेपालबाट ९ हजार ३८६ मेट्रिक टन अलैँची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँको ५ हजार ५० मेट्रिक टन अलैँची निर्यात भएको थियो । गत वर्षको ११ महीनाको तुलनामा यो ११ महीनामा अलैँची निर्यात मूल्यनमा ६९ प्रतिशतले बढेको छ, भने परीमाणमा ८५ प्रतिशतले बढेको छ । नेपालबाट भारत, इटाली, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जर्मनी लगायतको मुलुकमा निर्यात हुँदै आएको छ । चालु आ.वको ११ महिनाको अवधिमा भारतमा मात्रै ७ अर्ब ६८ करोडको ९ हजार ३४१ मेट्रिक टन अलैँची निर्यात भएको छ। अर्थात कुल निर्यातको ९९ दशमलव ५२ प्रतिशत अलैँची भारतमा मात्रै निर्यातमा भएको छ ।  बढ्दै अलैँची उत्पादन  नेपालमा अलैँचीको उत्पादनका साथै उत्पादन क्षेत्र पनि बढ्दो क्रममा रहेको छ । राष्ट्रिय आलु तरकारी तथा मसला विकास केन्द्रका अनुसार ६ वर्षमा मात्रै नेपालमा २५ लाख १ हजार ५ सय ३ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।  केन्द्रका अनुसार नेपालमा आर्थिक वर्ष २०७३र७४ मा २१ हजार ५६२ हेक्टरमा खेती गरिने अलैँचीले ४ लाख १ हजार  मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा अलैँची उत्पादनको क्षेत्रफल बढेर २२ हजार ९१३ हेक्टर पुगेको छ भने उक्त क्षेत्रमा ४ लाख ३५ हजार ५८४ मेट्रिक टन उत्पादन भएको छ । नयाँ गन्तव्य खोज्न आवश्यक: व्यवसायी नेपाल अलैँची ब्यबसायी महासंघका निवर्तमान अध्यक्ष राज कुमार कार्की नेपाली अलैँचीको मुख्य बजार नै भारत भएकाले भारतमा नेपाली अलैँचीको माग अहिले धेरै भएको बताउँछन्  । भारतमा अहिले अलैँचीको आन्तरिक उत्पादन बढ्दो क्रममा भएकाले नेपालले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नुपर्ने उनको तर्क छ । नेपाली अलैँचीको भारत पछि बंग्लादेश पनि अर्को ठूलो हो। तर बंग्लादेशमा निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नु पर्ने अवस्था भएकाले नेपाली अलैँचीले बंग्लादेशमा अन्य मुलुकबाट जाने अलैँचीसँग प्रतिशपर्धा गर्न नसकेको अवस्था छ, उनले भने, 'भुटानले शून्य करमा बंग्लादेशमा अलैँची निर्यात गरिरहेको छ । त्यसैले नेपाली अलैँची बंग्लादेशमा निर्यात गर्न सरकारले कर लगायतको विषयमा नीतिगत सहजिकरण गर्न आवश्यक छ ।' उनले नेपाली अलैँची तेस्रो मुलुकमा पनि बेच्ने सम्भावना भएको  तर हवाइ भाडा महङ्गो भएकाले तेस्रो मुलुकमा निर्यात गर्न नसकिएको बताए ।तेस्रो मुलुकमा निर्यात सहजिकरण गर्न युएई जस्तो मुलुकमा गोदामको व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘समुद्री मार्गहुँदै कन्टेनरमा धेरै अलैँची निर्यात गर्दा बजार पाउन नै मुश्किल छ । अहिले अलैँची प्राय मसलमसँग मिसाउन मात्र प्रयोग हुने भएकाले युएई जस्तो मुलुकमा  भण्डारणको पनि व्यवस्था मिलाउनु पर्छ,’ उनले भने ।  कोभिडका कारण बजार नपाउँदा स्टकमा धेरै अलैँची थियो । तर अहिले लामो खडेरीका साथै किसान नै उत्साहित नभएका कारण खेती पनि घटेको उनले बताए । उनले यो वर्ष अलैँचीको उत्पादन ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन घट्ने प्रक्षेपण गरे। कर्कीका अनुसार आउने वर्ष उत्पादन घट्ने देखिएकाले अलैँचीको मूल्य अहिलेनै केजीको १ हजारसम्म पुगेको छ।

हवाई भाडा बढ्यो, कुन ठाउँको कति ? सूचीसहित

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल वायु सेवा संघले हवाईजहाजको भाडा पनि वृद्धि गरेको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो। वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।  नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर […]

पुनः बढ्यो दाङ–काठमाडौं हवाइ भाडा

पटकपटक घटबढ भइरहने दाङ–काठमाडौं हवाइ भाडा पुनः बढेको छ। अहिले दाङ–काठमाडौं जाँदा नौ हजार ३५५ रुपैँया भाडा तिर्नुपर्छ। यो भाडा अस्वभाविक रहेको भन्दै यात्रुहरुले आपत्ति जनाएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले भदौ...

इन्धनको मूल्यवृद्धिसँगै बढ्यो आन्तरिक हवाइ भाडा

काठमाडौं। इन्धनको मूल्य बढेसँगै एयरलाइन्स कम्पनीले आन्तरिक हवाइ भाडादर बढाएका छन्। एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आजदेखि लागु हुने गरी मूल्य बढाएको हो। एसोसिएसनले न्यूनतम १० रूपैयाँदेखि ८५ रूपैयाँसम्म मूल्य बढाएको जानकारी दिएको छ। इन्धनको मूल्यजस्तै एयरलाइन्सको भाडा पनि स्वाचालित प्रणालीअनुसार बढाएको बताइएको छ। आज आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७६ रूपैयाँ छ।