अलैँची निर्यात ८५ प्रतिशतले बढ्यो, नयाँ गन्तव्य खोज्न आवश्यक : व्यवसायी

काठमाडौं । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तर नेपाली अलैँचीको बजार भारतमा मात्र केन्द्रित भएकाले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नु पर्ने व्यवासायी बताउँदै आएका छन् ।  विभागका अनुसार चालु आवको ११ महीनामा नेपालबाट ९ हजार ३८६ मेट्रिक टन अलैँची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँको ५ हजार ५० मेट्रिक टन अलैँची निर्यात भएको थियो । गत वर्षको ११ महीनाको तुलनामा यो ११ महीनामा अलैँची निर्यात मूल्यनमा ६९ प्रतिशतले बढेको छ, भने परीमाणमा ८५ प्रतिशतले बढेको छ । नेपालबाट भारत, इटाली, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जर्मनी लगायतको मुलुकमा निर्यात हुँदै आएको छ । चालु आ.वको ११ महिनाको अवधिमा भारतमा मात्रै ७ अर्ब ६८ करोडको ९ हजार ३४१ मेट्रिक टन अलैँची निर्यात भएको छ। अर्थात कुल निर्यातको ९९ दशमलव ५२ प्रतिशत अलैँची भारतमा मात्रै निर्यातमा भएको छ ।  बढ्दै अलैँची उत्पादन  नेपालमा अलैँचीको उत्पादनका साथै उत्पादन क्षेत्र पनि बढ्दो क्रममा रहेको छ । राष्ट्रिय आलु तरकारी तथा मसला विकास केन्द्रका अनुसार ६ वर्षमा मात्रै नेपालमा २५ लाख १ हजार ५ सय ३ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।  केन्द्रका अनुसार नेपालमा आर्थिक वर्ष २०७३र७४ मा २१ हजार ५६२ हेक्टरमा खेती गरिने अलैँचीले ४ लाख १ हजार  मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा अलैँची उत्पादनको क्षेत्रफल बढेर २२ हजार ९१३ हेक्टर पुगेको छ भने उक्त क्षेत्रमा ४ लाख ३५ हजार ५८४ मेट्रिक टन उत्पादन भएको छ । नयाँ गन्तव्य खोज्न आवश्यक: व्यवसायी नेपाल अलैँची ब्यबसायी महासंघका निवर्तमान अध्यक्ष राज कुमार कार्की नेपाली अलैँचीको मुख्य बजार नै भारत भएकाले भारतमा नेपाली अलैँचीको माग अहिले धेरै भएको बताउँछन्  । भारतमा अहिले अलैँचीको आन्तरिक उत्पादन बढ्दो क्रममा भएकाले नेपालले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नुपर्ने उनको तर्क छ । नेपाली अलैँचीको भारत पछि बंग्लादेश पनि अर्को ठूलो हो। तर बंग्लादेशमा निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नु पर्ने अवस्था भएकाले नेपाली अलैँचीले बंग्लादेशमा अन्य मुलुकबाट जाने अलैँचीसँग प्रतिशपर्धा गर्न नसकेको अवस्था छ, उनले भने, 'भुटानले शून्य करमा बंग्लादेशमा अलैँची निर्यात गरिरहेको छ । त्यसैले नेपाली अलैँची बंग्लादेशमा निर्यात गर्न सरकारले कर लगायतको विषयमा नीतिगत सहजिकरण गर्न आवश्यक छ ।' उनले नेपाली अलैँची तेस्रो मुलुकमा पनि बेच्ने सम्भावना भएको  तर हवाइ भाडा महङ्गो भएकाले तेस्रो मुलुकमा निर्यात गर्न नसकिएको बताए ।तेस्रो मुलुकमा निर्यात सहजिकरण गर्न युएई जस्तो मुलुकमा गोदामको व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘समुद्री मार्गहुँदै कन्टेनरमा धेरै अलैँची निर्यात गर्दा बजार पाउन नै मुश्किल छ । अहिले अलैँची प्राय मसलमसँग मिसाउन मात्र प्रयोग हुने भएकाले युएई जस्तो मुलुकमा  भण्डारणको पनि व्यवस्था मिलाउनु पर्छ,’ उनले भने ।  कोभिडका कारण बजार नपाउँदा स्टकमा धेरै अलैँची थियो । तर अहिले लामो खडेरीका साथै किसान नै उत्साहित नभएका कारण खेती पनि घटेको उनले बताए । उनले यो वर्ष अलैँचीको उत्पादन ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन घट्ने प्रक्षेपण गरे। कर्कीका अनुसार आउने वर्ष उत्पादन घट्ने देखिएकाले अलैँचीको मूल्य अहिलेनै केजीको १ हजारसम्म पुगेको छ।

सम्बन्धित सामग्री

नेपाल लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । अस्थिर राजनीतिक व्यवस्था रहेको भन्दै नेपालबारे गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य...

वैदेशिक राेजगारीमा नेपालीको पहिलो गन्तव्य बन्यो यूएई

काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ

गन्तव्य भेटाउन नसकेको ‘गन्तव्य’

थारू नेपाली दुबै भाषामा कलम चलाउने स–शक्त साहित्यकार हुन् कृष्णराज सर्वहारी । उनी थारू भाषाका पहिलो उपन्यासकार हुन् । उनका फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक सङ्ग्रह (२०५६), गन्तव्य उपन्यास (२०५९), थारू गुरुवा

देउवाको गन्तव्य मेडम साहेव प्रचण्डको सुपुत्री माधवकाे गन्तव्य नै छैन: ओली

गठबन्धनका नेताहरु शेरबहादुर देउवाको गन्तव्य मेडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, माधव नेपाल गन्त्रव्यविहीन भएकाे र मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दावी गरे।...

पर्यटकको गन्तव्य बन्दै काहुँडाँडाको धरहरा

पर्यटकीय गन्तव्य काँहु धरहरामा आन्तरिक पर्यटकको आकर्षण । ढकमक्क लालिगुँरास फुलेको काहुँडाँडा पछिल्लो समयमा आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । तस्बिर : हरि बास्तोला/रासस

खप्तड: फाँटहरूको आकर्षणले लोभ्याउने भर्जिन गन्तव्य

प्राकृतिक र धार्मिक आस्थासहित घुमघाममा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य हो– खप्तड । खप्तड चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ । वैशाख–जेठमा फूल फुल्छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड नेपालको भर्जिन गन्तव्य पनि हो ।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।...

हाईकिङ्गका लागि आकर्षक गन्तव्य तारकेश्वर

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]

देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले

देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ता

पर्यटकीय गन्तव्य नगरकोट

पर्यटकीय गन्तव्य क्षेत्र बोकेको ठाउँ हो नगरकोट । नगरकोट आफैंमा चिरपरिचित नाम पनि हो । विश्वका विभिन्न मुलुकबाट विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत लक्षित गरी यस नगरकोट आसपासमा विभिन्न किसिमका होटल तथा लजहरूसमेत रहेका छन् । सुन्दर पर्यटकीय गन्तव्य नगरकोटमा पछिल्लो समय कोरोनाको प्रभाव र मुलुक बन्दाबन्दीले गर्दा यहाँका […]