इन्धनको मूल्यवृद्धिसँगै बढ्यो आन्तरिक हवाइ भाडा

काठमाडौं। इन्धनको मूल्य बढेसँगै एयरलाइन्स कम्पनीले आन्तरिक हवाइ भाडादर बढाएका छन्। एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आजदेखि लागु हुने गरी मूल्य बढाएको हो। एसोसिएसनले न्यूनतम १० रूपैयाँदेखि ८५ रूपैयाँसम्म मूल्य बढाएको जानकारी दिएको छ। इन्धनको मूल्यजस्तै एयरलाइन्सको भाडा पनि स्वाचालित प्रणालीअनुसार बढाएको बताइएको छ। आज आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७६ रूपैयाँ छ।