अबको एनआरएनए यूके नेतृत्व

जातजाति, क्षेत्र, धर्मको राजनीति, मनी, मसल र मिडिया पावरले चुनाव जित्ने प्रवृतिलाई बेलायत एनआरएनएमा निरुत्साहित गरेर नेपालमा सम्म एउटा गतिलो नमुना नेतृत्व प्रदर्शन गर्ने जिम्मेवारी बेलायतको नेपाली समाजमा कांधमा आएको छ ।

सम्बन्धित सामग्री

एनआरएनए यूके अब शेष घलेको एनआरएनसंग आवद्ध

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले डा. शेष घले संरक्षक रहेको एनआरएनएमा आबद्ध रहने निर्णय गर्दै भावी कार्यक्रम र प्राथमिकता सार्वजनिक गरेको छ । गत शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको हो । मगरले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक …

एनआरएनए महाधिवेशनमा बेलायतको प्रतिनिधिमा नक्कली भुटानी रहेको आरोप

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं अधिवेशनमा सहभागी हुन एनआरएनए बेलायतबाट पठाइएका प्रतिनिधिमा दर्जनौं नक्कली भुटानी र नक्कली माओवादी द्वन्द्व पीडित शरणार्थी रहेको आरोप लगाइएको छ । एनआरएनए बेलायतका प्रवक्ताद्वारा जारी विज्ञप्ति अनुसार बेलायतभर जम्मा १४ सय सदस्यले एनआरएनए यूके अध्यक्ष निर्वाचित भएको बताउंदै हिंडेका हित काजी गुरुङको समूहले नेपाल पठाएका १ सय ५७ …

एनआरएनए यूकेको निशुल्क स्वास्थ्य शिविर

हरेक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर गरेको छ । एनआरएनए यूके स्वास्थ्य विभागका संयोजक डा. विशाल गुरुङको संयोजनमा भएको उक्त शिविरबाट करिब ४ दर्जन वयोवृद्ध लाभान्वित भएको एनआरएनए युकेका उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङ्बाङले जानकारी दिनुभएको छ । चिकित्सक र …

एनआरएनए यूकेद्वारा शोकसभा गरी बेलायतकी महारानीलाई श्रद्धाञ्जली

एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञजली अर्पण गर्न शोकसभा गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा दुई मिनेट मौनधारण गर्नुअघि १२ वर्षीया बालिका साइना राईले पाइपर …

एनआरएनए यूकेले बेलायतमा नेपाली संघसंस्थालाई सम्मान गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले महामारीको समयमा नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ । यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । …

नायिका मिरुनामाथि अभद्र व्यवहार भएकोप्रति एनआरएनए यूकेको आपत्ति

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाली चलचित्रकी चर्चित नायिका तथा एनआरएनए यूकेको पञ्जिकृत सदस्य मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै प्रधानन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर खेद प्रकट गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी …

एनआरएनए यूकेको अनलाइन भोटिङमा खसेका गैरकानूनी भोट बदर गर्न माग

एनआरएनए यूकेमा पहिलोपल्ट शुरु गरिएको अनलाइन भोटिंगमा  झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको  निर्वाचन सम्बन्धि जिम्मा लिएको कम्पनी ‘ च्वाइस भोटिङ’ ले निर्वाचन समितिलाई जानकारी गराएको छ ।एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले त्यस्ता भोटलाई  मान्यता नदिन बुधबार राती एक पत्रकार सम्मेलन आव्हान गरेकी छन् । सोहि अवसरमा राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी

एनआरएनए यूके निर्वाचन : नेतृत्वका लागि तीनजना मैदानमा

बेलायतमा यतिखेर एनआरएनए यूकेको चुनावी सरगर्मी बढेको छ । यही ३१ जुलाई शनिबार हुने अनलाइन मतदानको तयारी पुरा भइसकेको निर्वाचन समितिले बताएको छ ।  यसपटक नेतृत्व आफ्नो हातमा लिन तीन प्रत्यासी मैदानमा छन् । अध्यक्षका प्रत्यासीहरु एनआरएनए यूके उपाध्यक्षद्वय रोजिना प्रधान राई र प्रेम गाहा मगर एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ आआफ्ना प्रतिवद्धतासहित मतदातासमक्ष पुगेका छन् । बेलायतमा भूतपूर्व गोर्खाहरुको वाहुल्य छ । उनीहरु लामो समयदेखि समान पेन्सनलगायत माग राखेर आन

एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारी शुल्क २ लाख ५० हजार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनको लागि निर्वाचन तालिका र उम्मेदवारी शुल्क सार्वजनिक गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका उम्मेदवारको लागि १५ सय पाउण्ड अर्थात दुई लाख ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको  छ ।संघको वेबसाइटमा शनिबार प्रकाशित गरिए अनुसार जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन तथा १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ ।यसैगरी, १४ जुलाई साँझ ५ बज