एनआरएनए यूकेले बेलायतमा नेपाली संघसंस्थालाई सम्मान गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले महामारीको समयमा नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ । यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । …