ङादी ग्रुप पावरको सर्वाधिक रू. ७ करोड बराबरको शेयर खरीदविक्री

वैशाख २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको २ घण्टा २० मिनेटको अवधिमा ङादी ग्रुप पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये ङादी ग्रुप पावरको सर्वाधिक अर्थात् रू. ७ करोड १६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२९ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २७ दशमलव ७५ अंक बढेर २ हजार २९६ दशमलव ५९ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू. ६२ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

सम्बन्धित सामग्री

अरुण काबेली पावरको सर्वाधिक रू. २ करोड ८० लाख बराबरको शेयर खरीदविक्री

जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये अरुण काबेली पावरको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.२ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६६ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ दशमलव ९० अंक बढेर २ हजार २१९ दशमलव ७८ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू. ५६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

युनिभर्सल पावरको सर्वाधिक रू. १५ करोड ६० लाख बराबरको शेयर खरीदविक्री

फागुन १५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा युनिभर्सल पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. १५ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७८ दशलमव २० कायम भएको छ ।  यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ दशमलव ६६ अंकले बढेर २ हजार ६८० दशमलव १० विन्दुमा कायम भएको छ  । उक्त अवधिसम्ममा  कुल रू. १ अर्ब ७३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

अपि पावरको शेयरमा झुम्मिए लगानीकर्ता : कुल कारोबारमा सर्वाधिक हिस्सा

पुस २७, काठमाडौं । मंगलवारको कारोबारमा अपि पावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  यो दिन कुल कारोबारमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो । मंगलवार रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर कारोबार हुँदा अपि पावरको मात्र रू. १६ करोड ८३ लाख २२ हजार बराबरको ३ लाख २९ हजार ९७५ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ५१० दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ५०६ मा खुला भई न्यूनतम रू. ५०३ देखि अधिकतम रू. ५१८ सम्म पुगेको थियो । यस कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको अधाारमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएसँगै कम्पनीले बोर्डमा निवेदन दिएको हो ।  आयोगले पूर्व स्वीकृति दिदैं विभिन्न ६ शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सो समेत समावेश गरी ऋण र स्वः लगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ ।  त्यस्तै, ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्त समेत राखेको छ । आयोगबाट जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गर्न, हकप्रद शेयरको निष्कासन विवरणपत्रमा प्रकाशन गरिने विवरणहरुमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिमका विवरणहरुको अतिरित्त आयोजना सम्बन्धी आय विवरण उल्लेख भएको १२ महीनाको तालिका समेत समावेश गर्न आयोगले भनेको छ ।  साथै आयोजना सम्पन्न भएपछि सोको कुल लागत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने शर्त पनि रहेको छ । अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।

अपि पावरको सर्वाधिक शेयर खरीदविक्री

पुस २१, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टा ३० मिनेटको अवधिमा अपि पावरको सर्वाधिक शेयरको खरीदविक्री भएको छ । कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको रू.८ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ९७ अंक बढेर २ हजार ६८५ दशलमव ९२ विन्दुमा पुगेको छ ।

दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँको कारोबार भएको छ । सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एक दिनमा मात्र १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको थियो । त्यस्तै, नेसनल हाइड्रो पावरको […] The post दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेप्सेमा आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १६ भदौ । शेयर बजारमा समान्य अंकले बढ्दा आज ९ अर्बमा कारोबार रकम खुम्चिएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।  कम्पनीको ५९ करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख, अपी पावरको २३ करोड […]

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १३ भदौ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको आज ८७ करोड ९ लाख बढीको कारोबार भएको हो । त्यस्तै, जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख, आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख र हिमालयन डिस्टिरीको ३४ करोड […]

अरुण काबेली पावरको सर्वाधिक ५४ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री

भदौ ३, काठमाडौं । बिहीवार बजार खुलेको करीब एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये अरुण काबेली पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।   यस अवधिमा कम्पनीको रू. ५४ करोड ४५ लाख ७६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८५२ मा कारोबार भइरहेको छ । कमपनीले बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढी भएकाले सर्वाधिक शेयर कारोबार भएका हो ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ ।

युनिभर्सल पावरको सर्वाधिक रू. १९ करोड ६ लाख बराबरको शेयर खरीदविक्री

साउन १८, काठमाडौं । साताको  दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा एक घण्टाको अवधिमा युनिभर्सल पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।   उक्त अवधिमा कम्पनीको रू. १९ करोड ६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

ङादी ग्रुप पावरको शेयरमूल्यमा निरन्तर वृद्धि, सोमवार सर्वाधिक रकमको कारोबार

साउन ११, काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढीरहेको अवस्थामा सोमवार ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।  यो दिन कम्पनीको रू. ३९ करोड ३० लाख ३७ हजार बराबरको ४ लाख ६९ हजार ५६५ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै मूल्य पनि सर्किट लेभलमै बढेको छ । यसर्थ कम्पनीको शेयर सर्वाधिक कारोबार भएको अवस्थामा पनि शेयर खरीद माग बढी भएको बुझिन्छ । शेयर बजारमा कम्पनीहरुको शेयरको खरीद माग र विक्री मागको आधारमा मूल्य निर्धारण हुने गर्दछ । यस कम्पनीको शेयरमूल्य असार २९ गतेदेखि निरन्तर बढेको छ । असार २८ गते रू. ४७७ अन्तिम मूल्य कायम भएको कम्पनीको असार २९ गते प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. ४९३ कायम भएको थियो । त्यसपछि निरन्तर मूल्य वृद्धि भई साउन ११ गते कम्पनीको अन्तिम मूल्य रू. ८३९ दशमलव ८० कायम भएको छ । कम्पनीको शेयरमूल्य आइतवार र सोमवारनै सर्किट लेभलमा बढेको हो । आइतवार पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । आइतवारकोे तुलनामा सोमवार कम्पनीको अन्तिम शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७६ दशमलव ३० ले बढेको हो ।   हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको छ । कम्पनीले हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा रू. ४ करोड १६ लाख २७ हजार छ । उक्त अवधिसम्म कम्पनीले २ करोड ८० लाख ९५ हजार खुद नाफा गरेको थियो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य ७ रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश इतिहासमा हालसम्मकै उच्च लाभांश १० दशमलव ५३ प्रतिशत रहेको छ । विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा कम्पनीले तीन आर्थिक वर्ष नगद लाभांश मात्र वितरण गरेको छ भने गत आर्थिक वर्षसँगै आर्थिक वर्ष ०७३/ ७४ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश बाडेको थियो । यस वर्ष अझ राम्रो लाभांश दिने अपेक्षासहित लगानीकर्ता कम्पनीको शेयर खरीदमा सक्रिय रहेको देखिन्छ ।