जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेको हो । भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न कृषि विज्ञ देखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर पछि मुल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा जुम्लाको काँचो स्याउ विक्रिका लागि राखिएको छन् । त्यस्तै