काँचो स्याउ टिप्दै किसान‚ रोक्न खोज्दै सरकार

जुम्ला : सरकारले जुम्लामा काँचो स्याउ टिप्न नदिने निर्णय गर्न थालेको एक दशकभन्दा बढी भए पनि किसानले मानेका छैनन्।काँचो स्याउ टिप्न नदिने निर्णय कागजमै सीमित हुने गरेको छ। २०६४ सालमा जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेपछि काँचो स्याउ टिप्न नदिन बहस हुँदै आएको छ।बढी मूल्य पाउने आशामा केही किसानले स्याउ छिटै टिप्ने गरेका छन्। केहीले चोरी हुने डरले पनि टिप्ने गरेको बताउँछन्। जुम्लाका किसानले साउनको दोस्रो सातापछि केही मात्रामा स्याउ टिप्न थाल्छन् तर कालिकोटको फोइमहादेवको स्याउ साउनको पहिलो हप्ता नपु