कोरिया र इजरायल पठाउने निर्णय असत्य

नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।

सम्बन्धित सामग्री

कोरिया कामदारको जिम्मा निजी क्षेत्रलाई ?

११ चैत २०८० मा एक लोकप्रिय दैनिक पत्रिकामा कोरिया, इजरायल र जापानमा नेपाली कामदारहरू म्यानपावर कम्पनीमार्फत पठाउने सन्दर्भमा अध्ययन गर्ने निर्णय हालका श्रममन्त्रीले लिएको समाचार प्रकाशित भएको रहेछ । यसअघिका निवर्तमान मन्त्रीले यससम्बन्धी कारबाही अघि बढाएका रहेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियासँगको दुईपक्षीय सम्झौतामै परिमार्जन गरी म्यानपावर कम्पनीलाई यी काम दिनेगरी लिखित आदेश […] The post कोरिया कामदारको जिम्मा निजी क्षेत्रलाई ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६ सय जनालाई कोरिया र इजरायल पठाउँदै महासंघ, मासिक ४ लाख कमाइ हुने

कृषि सम्बन्धि ज्ञान आर्जनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली युवाहरुलाई पठाउने भएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउन उनीहरुकै सिफारिसमा ६ सय जनालाई कोरिया र इजरायल पठाउन लागिएको महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए ।उनका अनुसार कोरियामा ५ सय जना र इजरायलमा १ सय जना गरी ६ सय जना कृषि प्रशिक्षार्थी पठाउन लागिएको हो । कोरिया र इजरायल जाने कृषि प्रशिक्षार्थी जिल्ला उद्योग वाणिज्य संघले नै छनोट गर्ने गरी छनोटको विधि प्रस्ताव गरिएको सभापति सुमार्गीले जानकारी दिए । छनोटका क्रममा जाने प्रशिक्षार्थीले बुझाउने दस्तुरमध्ये केही रकम जिल्ला नगरलाई नै दिएर आर्थिक रुपमा जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने योजना रहेको सुमार्गीले सुनाए । छनोट भएका प्रशिक्षार्थीलाई आधारभूत तालिम यहीँ प्रदान गरिनेछ । यस्ता प्रशिक्षार्थीले ५ महिनाको भिसा पाउनेछन् । हवाइ भाडा, बीमा, स्वास्थ्य परीक्षण र बायोमेट्रिक गरी जम्मा २ लाख ५० हजारको हाराहारीमा खर्च हुनेछ । हप्तामा ५ दिन प्रतिदिन ८ घण्टाका दरले काम गर्नुपर्नेछ । प्रतिमहिना १९ सय डलर तलब पाउनेछन् । हरेक दिन बिहान र बेलुका २/२ घण्टा ओभरटाइम काम गर्ने र सो वापत भत्ता पाउने गरी सम्झौता हुन लागेको सुमार्गीले जनाए । ओभर टाइम गर्दा प्रतिघण्टा ८ डलरका दरले भत्ता पाइनेछ ।त्यस्तै, बिदा हुने शनिबार र आइतबार पनि काम गर्ने छुट रहेको र उक्त दिन काम गर्दा ओभरटाइम सरह भत्ताको प्रवन्ध रहेको सुमार्गी बताउँछन् । ‘३० वर्षदेखि ५५ वर्ष सम्मका व्यक्तिहरु पठाउने गरी उताबाट प्रस्तावमा अन्तिम सहमति हुनेवाला छ, तर यहाँ नेपाली युवाहरुले २५ वर्षमाथि उमेर भएकाले जान पाउने गरी प्रस्ताव गर्न अनुरोध गर्नुभएको छ, हामी अब २५ वर्ष माथिका युवाहरु जान पाउने गरी अर्को प्रस्ताव पनि गर्दैछौँ’ उनले भने ।यसरी हुन्छ महिनाको ४ लाख कमाईसुमार्गीका अनुसार प्रतिमहिना ३ लाख रुपैयाँ चोखो जोगाएर ५ महिनामा १५ लाख रुपैयाँ लिएर फर्किन सक्ने गरी पहिलोपटक महासंघ र कृषि उद्यम केन्द्रले पहल गरेर नेपाली युवालाई कोरिया र इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा पठाउन लागिएको हो ।‘मासिक ४ लाख बढी कमाउने र खाएर, रमाएर पनि ३ लाख चोखो बचाएर आउँदा उसले ५ महिनामा १५ लाख लिएर आउन सक्ने भयो । उसले त्यहाँ पैसा मात्रै कमाउँदै, सीप पनि सिक्छ, सिकेको सीप यहाँ लगाउँदा लगानीका लागि अलिकति पैसा पनि भयो’ सुमार्गी भन्छन्, ‘यदि उसले उता भने अनुसार राम्रो काम गर्यो भने अर्को ५ महिना पनि थप गर्न सक्ने प्रावधान छ । ५ महिना थप गरेर बस्न सक्यो भने ३० लाख लिएर आउँछ । ३० लाख यहाँ आएर कृषिमा लगाउँदा आफू उद्यमी पनि भयो, रोजगारी पनि सिर्जना भयो ।’तलब वापतको १९ सय डलर अनुसार नेपाली २ लाख ४५ हजार, हरेक दिन बिहान २ घण्टा र बेलुका २ घण्टा गरी महिनामा २५ दिनको १ सय घण्टा ओभरटाइमको १ लाख ३ हजार र बिदाको दिन (शनिबार र आइतबार) प्रतिदिन ८ घण्टा मात्रै काम गर्दा मासिक ६४ घण्टाको ६६ हजार गरी कुल ४ लाख ११ हजार आम्दानी हुने र खर्च गरेर पनि ३ लाख जोगाउने गरी प्रवन्ध मिलाइएको सुमार्गीको दाबी छ ।  छनोट प्रावधान केही दिनमायोग्यता लगायतका प्रवधान भने केही दिनमै टुंगो लाग्ने उनको भनाइ छ । जिल्ला नगरले सूचना आह्वान गरेर यसरी कोरिया र इजरायल जाने प्रशिक्षार्थी छनोट गर्ने भनिएपनि छनोटका मापदण्ड भने केही समयपछि फाइनल गरिने सुमार्गी बताउँछन् ।

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स बढ्ने

आम्दानीका हिसाबले आर्कषक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो ।चालू आर्थिक वर्षको […]

इजरायल र कोरियाबाट थप रेमिट्यान्स बढ्ने

काठमाडौं, असार ३० । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको […]

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको र

इजरायल र कोरियाले थप क्षेत्रमा नेपाली कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन […]

इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम

‘रोजगारीमा सरकारले शुल्क लिन मिल्दैन’

खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको सरकारले इजरायल र दक्षिण कोरिया कामदार पठाउँदा शुल्क लिने गरेको छ। सरकारले इजरायल पठाउँदा प्रतिव्यक्ति एक लाख ६५ हजार र कोरिया पठाउँदा ८० हजार रूपैयाँ शुल्क तोकेको छ।...