भारतीय एसएसबीले तुइन खुस्काएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएको ठहर (प्रतिवेदनसहित)

जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो । अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ ।  एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था

सम्बन्धित सामग्री

मालगाउँमा खाद्यान्न संकट, भोकै छन् व्याँसवासी

धनगढी : नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी।नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम समस्यामा परेका छन्।त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन्

'भारतले नेपाल र नेपालीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता  एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे। 'अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्। म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्न

कल्याण भन्छन् : अब कहिल्यै तुइन चलाउँदिनँ

धनगढी नामः कल्याणसिंह धामीकामः मालघाटमा तुइन तार्नेघटनाः तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता दार्चुलाका कल्याणसिंह धामी। जसले मालघाटमा तुइन तार्ने काम गर्छन्। उनी २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका छन्। शुक्रबार मालघाटमा तुइन तर्ने क्रममा व्यासका जयसिंह धामी बगेपछि कल्याणको मनमा डर पसेको छ। उनले अबदेखि तुइन नचलाउने प्रतिज्ञा नै गरिसके।उनको मनमा डर छ, सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। जयसिंह बेपत्ता भएपछि कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयस

दार्चुला घटना विरोध गर्दै हेटौंडामा विप्लव नेकपाको प्रदर्शन (फोटो फिचर)

हेटौंडा : दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाविरुद्ध हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बृहत र्‍याली निकालेको छ।विरोध कार्यक्रममा उनीहरूले 'जयसिंह धामीलाई न्याय देऊ', 'भारतीय ज्यादती सहिँदैन,' लगायत नारा लगाएका थिए।'उनीहरूले लिपुलेक र लिम्पियाधुरा नेपालको हो' भन्दै एमसिसी र संसदीय व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले तुइनबाट खसेर महाकालीमा बे

दार्चुला घटनाको छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौँ। दार्चुलाको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। शुक्रबार तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल(एसएसबी)ले तुइन काटेपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्व गठित पाँच सदस्यीय छानबिन समितिमा पुरुषोत्तम कँडेल, हुतराज थापा, सुरेशकुमार श्रेष्ठ र ज्योत्सना भट्ट सदस्य रहेका छन्। समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घट्नाको तत्काल छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी तुइन काटिँदा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस घटनामा भारतीय पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको श्रेष्ठले बताए।

तुइन प्रकरण : दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले …

महाकाली नदीमा तुइनबाट खसेर एकजना बेपत्ता, भारतीय प्रहरीले दिएका थिए धम्की

धनगढी – दार्चुलाको ब्यास गाउँपालिका–२ मालमा तुइन तर्ने क्रममा एक जना महाकाली नदीमा बेपत्ता भएका छन्। शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुँदै तुइन तर्ने क्रममा स्थानीय ३० वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। स्थानीयका अनुसार तुइनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर […]