सल्यान : सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।राष्ट्रिय भूमि आयोग र जिल्लाका दशवटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनलगायत काम अगाडि बढाइएको छ। केही पालिकाले काम अन्तिम चरणमा पुर्याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि मंसिरभित्र लालपुर्जा वितरण गरिसक्ने