म्याग्दीको दुर्गम गाउँ शिवाङमा साढे दुई करोड लागतमा छात्रावास निर्माण

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको साढे दुई करोड लगानीमा सुविधा सम्पन्न छात्रवास भवन निर्माण भएको छ। जिल्लाको धवलागिरि गाउँपालिका ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माण भएको हो। भवन भित्रका संरचनाको व्यवस्थापन गरेर दशैँ विदापछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको विद्यालयले जनाएको छ।२४ कोठा रहेको तीनतले भवनमा ८० जना विद्यार्थी राख्न सकिने हेम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले बताए। छात्रावास भवनमा बस्ने विद्यार

सम्बन्धित सामग्री

चितवनको दुर्गम गाउँ मायाटारमा बिजुली पुग्यो

चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ।

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

राँझा (बाँके)– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन्। हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ। विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा […]

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

जलेश्वर, १९ असार । बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए। विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताए । बर्दिबास […]

सुगम भित्रको दुर्गम गाउँ

उक्त बस्तीमा पानीसँगै विद्युत्, पुलपुलेसा, पक्की बाटो, विद्यालय र स्वास्थ्य संस्थाको समेत अभाव छ।

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

७ माघ, गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो […]

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ । यस्तै, ७७ वटै जिल्ला...

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरप

म्याग्दीको दुर्गम गाउँ मुदीमा बिजुली

म्याग्दी । वर्षौंदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा बिजुली बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार गरेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रवीन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २ सय घरमा विद्युतीकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा बिजुली पुगिसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय केभीए क्षमताका दुइओटा ट्रान्सफर्मर राखिएका छन् । धवलागिरिको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरि गाउँपालिकाले २०७६ सालमा हेलिकोप्टरबाट दुईओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोका लागि सोलार र मट्टीतेलको टुकी बत्तीमा निर्भर हुनुपर्ने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । विद्युत् विस्तारले घरायसी काम, विद्यार्थीलाई अध्ययनमा सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालनको अवसर सृजना हुने उनको भनाइ छ । धवलागिरि गाउँपालिकाको ‘उज्यालो पालिका’ कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जामध्ये एक माध्यमबाट विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ ।

तस्वीर : म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा थ्रीजी जडान हुँदै

म्याग्दीको अत्यन्त दुर्गम गाउँ धवलागिरि गाउँपालिका–१ गुर्जामा नेपाल टेलिकमको जीएसएम सेवा अन्तर्गत थ्रीजीको जडान कार्य हुँदै । इन्टरनेटको सुविधा नपुगेको गुर्जामा थ्रीजी जडान भएसँगै सञ्चारको पहुँच पुग्ने भएको छ । तस्वीर : रासस