मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरप