माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा.भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।उनले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवाद

सम्बन्धित सामग्री

संविधानका छिद्र खोजेर देश विकास हुँदैन

जुन दिन हाम्रो संविधान आयो त्यो बेला हामी सबैले नाचगान गरेर उत्सव मनाएका हौँ। अब देश शान्ति, सुरक्षा र समृद्धिका साथ अगाडि बढ्यो भन्ने कुरा पूर्णतया मनमा लिएका थियौँ। त्यो पाउनको लागि हामीले आठ वर्ष पर्खियौँ। आज पनि कतिपय कुराहरूमा कमीकमजोरी भएका छन्। नभएको कुरा पनि हामीले उजागर गर्नुपर्छ। धेरै माननीयको प्रयासले राम्रा कुराहरू पनि […]

देश विकास अधोगतितिर लागेको हो ?

विकास बहुआयामिक विषय हो । यसले वृद्धि र सकारात्मक परिवर्तनलाई देखाउँछ । यो प्रक्रिया र प्रतिफल दुवै हो । विकासको नतिजालाई प्रतिफल, असर र प्रभावको तहमा हेर्न सकिन्छ । यसका लागि सूचकको निर्माण गरिन्छ । विकास सबैको चाहना हो । यसकै लागि व्यक्ति, परिवार, समाज, सरकार र अन्तरराष्ट्रिय समुदायले योजनाबद्ध प्रयास गर्छन् । यसकै परिणामस्वरूप कतिपय देशले विकासमा फड्को मारेका छन् । ती देशका नागरिकले पनि सुखको सास फेरेका छन् र आफ्ना सम्भावनाको उपयोग गरेका छन् ।  मानवीय पूँजीको निर्माण र उपयोगले साकार रूप लिएको छ । चेतना र जीवनयापनको स्तर उच्च छ । नर्डिकलगायत कतिपय विकसित देशको विकास समतामूलक पनि छ । धनी र गरीबबीचको दूरी घटाउने विषयले दिगो विकास लक्ष्यमा पनि महत्त्व पाएको छ । पूर्वीय दर्शनले पनि मध्यम आय भएको र असमानता नरहेको विकसित समाजको परिकल्पना गरेको छ । हामीलाई पनि विकासकै भोक छ र यसको प्राप्तिका लागि प्रयास जारी छ । तर, नेपालका कतिपय क्षेत्रमा विकासका लागि गरिएका प्रयास र तिनका परिणाम सन्तोषजनक छैनन् । कतिपय विकासका प्रवृत्तिलाई विश्लेषण गर्दा देशको विकास अधोगतितिर लागेको आभास हुन्छ । यस आलेखमा तिनै विषयहरूमा चर्चा र टिप्पणी गर्ने प्रयास गरिएको छ । विगतबाट सिक्दै कार्यान्वयनयोग्य र आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी विकासलाई मार्गदर्शन गर्नसक्ने योजना तर्जुमा अहिलेको आवश्यकता हो । हालै देशको राजधानीमै गरीब हटाउने कि गरीबी हटाउने भन्ने विषय उठेको छ । यसबाट एकातिर गरीब र गरीबीको फरक स्पष्ट भएको छ भने गरीबीबाट गरीबहरूले मुक्ति चाहेको देखिन्छ । महानगरमा गरीब हुनुले शहरी गरीबी देखाउँछ, तर यसको मूलजरो गाउँ नै हो । गाउँमा अवसर नपाएर शहर पसेकाहरू नै शहरका गरीब हुन् । कतिपय अवस्थामा शहरको गरीबी गाँउको गरीबीभन्दा डरलाग्दो हुन्छ । यसको एउटा कारण शहरमा जीवनयापनको लागत बढी हुनु हो भने अर्को कारण जीवनयापनका जोखिमहरू पनि धेरै हुनु हो ।  शहरको गरीबीका बारेमा प्रतिपक्षी दलका नेता पनि बोलेका छन् । यसले गरीबीको विषय राजनीतिमा प्रवेश पाएको छ । वास्तवमा गरीब बनाउने पनि शासन हो र यसलाई हटाउने पनि शासन नै हो । देशमा गरीबी घट्दै गएको छ तर छिमेकी देश चीनमाजस्तो निमिट्यान्न भएको छैन । योजनाबद्ध विकास प्रयासको विगत ६७ वर्षमा नभएको गरीबी निवारण गर्न विकासका क्रियाकलापलाई थप बलियो र गरीबोन्मुख बनाउनु आवश्यक छ । यसका लागि गरीबीको कारण खोजेर तिनको उपचार गर्नु जरुरी हुन्छ । विगत ३० वर्षमा सर्वाधिक फस्टाएको क्षेत्र वैदेशिक रोजगार र विप्रेषण हो । यसले घरपरिवारदेखि समग्र अर्थतन्त्रलाई प्रभाव पारेको छ । धेरै गरीब घरपरिवारको जीवनयापनमा सुधार भएको छ, मानव पूँजी निर्माणमा योगदान मिलेको छ । यसले आयात र उपभोग बढाएको छ । तर, यसले गर्दा राष्ट्रिय उत्पादनको शृंखला अवरुद्ध भएको छ, दिगो विकासको जग भत्किँदै गएको छ । मानव पूँजी विदेश पलायनले देशमा उपलब्ध साधनस्रोतको उपयोग हुन सकेको छैन । कृषियोग्य जमीन बाँझो रहनु मात्र होइन, द्वितीय क्षेत्रका रूपमा रहेको उद्योग क्षेत्र पनि वैदेशिक रोजगारका कारण धराशयी बन्दै गएको छ । युवाको विदेश पलायनले देशमा खेती र उद्योग गर्ने जनशक्ति अभाव हुँदै गएको छ । एक अर्थमा यस्तो विकास विनाश हो । तर, वार्षिक १२ खर्बको विपे्रषणलाई देशको विकासको भाष्यमा दर्बिलो र गर्विलो स्थान प्रदान गरिएको छ । ‘दीर्घकालमा हामी सबै मरेका हुनेछांै’ भन्ने अर्थशास्त्री किन्सको दृष्टि पाएका हाम्रा कहलाइएका अर्थशास्त्रीहरूले पनि यही विप्रेषण आप्रवाहलाई उत्सव मनाएका छन् । उनीहरूमा विकासको समग्र दृष्टिकोण र विकासको इतिहासको ज्ञानकै अभाव देखिन्छ । विप्रेषणले विकास भएको देश दुनियाँमा अहिलेसम्म एउटा पनि छैन । त्यसैले अब वैदेशिक रोजगार र विप्रषणको भाष्य बदल्न जरुरी छ । राज्यका निकायहरू यतिबेला आगामी ५ वर्ष देशको विकास मार्गदर्शन गर्ने १६औं योजना तर्जुमा गर्न र यसका लागि सुझाव प्रदान गर्न लागेका छन् । नयाँ योजना आगामी आर्थिक वर्षदेखि मात्र कार्यान्वयनमा आउनेछ । तर, बजेट वैशाखमै आउने भएकाले बजेटपूर्व नै योजना तर्जुमा भएमा यसले बजेटलाई मार्गदर्शन गर्ने र योजना र बजेटको बीचमा तादात्म्य हुनेछ । यसबाट विकासलाई बल मिल्नेछ । विसं २०१३ सालबाट शुरू भएको योजनाबद्ध विकास प्रयासलाई १६औं योजनाले नयाँ गति, दिशा र बल प्रदान गर्नेछ । पछिल्लो समय योजना तर्जुमा सहभागितामूलक र प्रमाणमा आधारित बन्दै गएको छ । योजनाको दस्तावेजमा नतिजा खाका पनि समावेश गर्ने गरिएको छ । सबै तहका सरकारका सबै अंग, निजीक्षेत्र, सरकारी क्षेत्र, नागरिक समाज र दातृ निकायहरू योजना तर्जुमा प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष तरीकाले संलग्न हुन्छन् । यी निकायबाट प्राप्त हुने सुझावहरू समावेश गरी सबैको अपनत्व र जवाफदेहिता रहने वास्तविक योजनाको दस्तादेज तयार गर्ने काम सरकारको विकास सल्लाहकारको भूमिकामा रहेको राष्ट्रिय योजना आयोगको हुनेछ । विगतका विकास आवधिक योजनाहरू असफल भएको भन्ने आलोचना पनि सुन्न पाइन्छ । तर, यस्ता योजना आफैमा असफल हुने भन्दा पनि यिनको कार्यान्वयन असफल भएको हो । यसको जिम्मेवारी राष्ट्रिय योजना आयोगले नभई योजना कार्यान्वयन गर्ने निकायहरूले लिनुपर्ने देखिन्छ । तर, कार्यान्वयन हुन नसक्ने योजना तर्जुमा भएको भए त्यसको उत्तरदायित्व योजना आयोगले लिनुपर्नेछ । विगतबाट सिक्दै कार्यान्वयनयोग्य र आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी विकासलाई मार्गदर्शन गर्नसक्ने योजना तर्जुमा नै अहिलेको आवश्यकता हो ।  विकासको मौसमी आयामका बारेमा धेरैलाई जानकारी छैन । चाडबाडको समयमा अर्थतन्त्र तात्छ । जनताले यो समयमा मिठो–मसिनो खान र राम्रो लगाउन खर्च गर्छन् । कतिले विलासिताका वस्तु पनि किन्ने गर्छन् । यति बेला २०८० सालका चाडपर्वहरू नेपालीको घरआँगनमा भित्रिसकेका छन् । यसले गर्दा अर्थतन्त्र थप चलायमान हुन्छ । पैसाको मोबिलिटी बढ्छ । एक दृष्टिले यो सुखद पक्ष नै हो । तर, आयातित सामानमा गरिने खर्चले देशको विकासलाई प्रतिकूल प्रभाव पार्छ । यसबाट देशको धन बाहिरिन्छ र व्यापारघाटा चुलिन्छ । यो यथार्थलाई सरकारले बुझेर पनि नबुझेभंैm गरेको देखिन्छ किनकि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीतिलाई हामीले बेवास्ता गरेका छौं । यो हात्तीको देखाउने दाँत बनेको छ । आजका विकसित देश यही नीतिबाट विकासमा उकालो लागेका हुन् । त्यसैले उद्योग र वाणिज्य नीतिको कार्यान्वयन गर्ने निकायहरूले संवैधानिक मार्गदर्शनबमोजिम स्वदेशी उद्यमलाई प्राथमिकता र प्रश्रय दिन अब ढिला गर्नु हुँदैन । यसको नतिजा व्यापारघाटा घटाएर प्राप्त गर्न सकिनेछ । विकासका लागि व्यापारघाटा अभिशाप हो भन्ने कुरा बुझ्ने राजनीति, प्रशासन र बौद्धिक समुदाय अहिलेको आवश्यकता हो । आम नागरिकले पनि स्वदेशी उत्पादनको उपभोग गरेमा उद्यमीलाई उत्प्रेरित गर्न सकिन्थ्यो । सचेत उपभोक्ताले मन्दीमा गएको अर्थतन्त्र उकास्न यस वर्षको चाडवाडमा स्वदेशी वस्तुको उपयोगमा जोड दिनु जरुरी छ । देशको विकास सरल रेखामा हिँड्दैन । यसका धेरै आयाम छन् । विकासका लागि बहुपात्रको क्रियाशीलता जरुरी हुन्छ । तर, योजनाबद्ध प्रयासबाट गरीबी निवारण गर्ने, स्वदेशमा उत्पादन र रोजगारी सृजना गर्ने र व्यापारघाटा घटाउने हो भने देशको विकासले सही दिशा र गति लिएको आभास मिन्नेछ । यसले राष्ट्रिय अर्थतन्त्रमा सुचक्रको निर्माण गर्नेछ । अर्थतन्त्रका सबै पात्रमा गहिरो आत्मविश्वासको सञ्चार गर्नेछ । लगानीको वातावरण बन्दै जानेछ । विकासको दियो बाल्न धेरै कठिन छैन तर बलेको दियो जोगाइ राख्न मिहिनेत गर्नु पर्नेछ । देशको विकासको अवस्था यही प्रयासले निर्धारण गर्नेछ । लेखक योजना आयोगमा कार्यरत छन्  ।

‘देश विकास उमेरले होइन, विचार र सिद्धान्तले हुन्छ’

काठमाडौँ – मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजापछि नयाँ सरकार बनाउन दलबीच रस्साकस्सी चलिरहेको छ। अबको सरकार बन्ने क्रममा दलले विगतलाई दोहोर्याउँछन् या दोहोर्याउँदैनन्। विगतमा दल जनतासामु जाँदा विभिन्न आशा देखाए पनि सरकारमा पुगेपछि केही नगर्ने प्रवृत्तिको अन्य होला कि नहोला ? अहिले जनता र देशलाई अनुकूल हुने कार्य हुन्छ या हुँदैन ? अबको नेतृत्व […]

‘भारतसँग ‘सर्टेन अन्डरस्ट्याण्डिङ’ नबनाइ देश विकास हुँदैन’

भारतसँग निश्चित क्षेत्रमा ‘सर्टेन अन्डरस्ट्याण्डिङ’ बनाइ नेपाल विकास हुन सक्दैन । सबै भाषणमा यस्तो भन्यो भने मानिसहरूले सती टिप्पणी गरिदिन्छन् । धेरै मानिसहरूले यस विषयमा बुझेका पनि छैनन् । तर, नेपाल विकास गर्न निश्चित क्षेत्रमा भारतसँग सम्झौता गर्नैपर्छ ।आज विश्व प्रविधि क्षेत्रमा छुट्टै पहिचान बनाएको दक्षिण कोरिया कसरी विकसित भयो ? दक्षिण कोरिया अमेरिकाको पछि लाग्यो र उसले जे भन्यो त्यही मान्दै गएर विकास भयो । सिंगापुरले पश्चिमा नीति नै अबलम्बन गर्यो र मलेसियाले पनि त्यसै गरेर आफूल

अब माओवादी 'ब्रान्ड' समातेर देश विकास हुँदैन - भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डाैमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा साेच्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब माओवादी ब्रान्ड समातेर देशको...

माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको...

अहिलेका पार्टी र नेतृत्वले देश विकास हुँदैन : भट्टराई

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेका राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने बताएका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियानअन्तर्गत गोरखाका गाउँपालिका÷नगरपालिकामा जनतासँग कुरा...

परम्परागत सीपले देश विकास हुँदैन : गिरी

नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताएका छन् ।बिहीबार राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताए ।स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्नुपर्ने उनले बताए । […]

जति व्यवस्था परिवर्तन भएपनि अवस्था किन परिवर्तन हुँदैन?

हामी हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरिकनै व्यवस्थाको नाम र पात्रमा हुने परिवर्तनले देश विकास र सुशासनको अपेक्षा गर्दछौं। यथार्थ के हो भने, हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरी विकास र सुशासन खोज्नु उही आइन्स्टाइनले भने झैं पागलपना मात्रै हो।

भाषण र शासनले मात्र देश विकास हुँदैन : सञ्चारमन्त्री बास्काेटा

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले भाषण र शासनले मात्र देश विकास नहुने बताएका छन् ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को १५औं वार्षिकोत्सवको समारोहमा बोल्दै मन्त्री ...