१०औँ संस्करणको हुन्डाई ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने १८ होलको प्रतियोगितामा एक सय ३० जना एमेच्योर गल्फरको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा गल्फ रिसोर्टका निर्देशक दीपक आचार्यले जानकारी दिनुभयो ।