उपकार लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने, २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने

उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले भोलि शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गर्ने भएको हो ।कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीको आईपिओमा २३ लाख बढी आवेदकले आवेदन दिएका छन् । तर कम्पनीको शेयर भने गोलाप्रथाबाट २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाउने छन् । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा' 

सम्बन्धित सामग्री

सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड : ४१ हजारले पाए शेयर, ४ हजार जनाको आवेदन रद्द

काठमाडौं, फागुन ५ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा […]

प्रकाशन भएपछि यी ४ तरिकाबाट हेर्न सकिन्छ उपकार लघुवित्तको आईपिओ नतिजा

उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।आईपिओमा कुल २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट २२ हजार १ सय १५  मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हातखाली भएका छन् ।प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार नेपाल एसबिआई मर्चेन्ट बैंकिंगको वेबसाइट https://nsmbl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र उपकार लघुवित्तको वेबसाइट https://www.ulbsl.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हात खाली भएका छन् ।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

प्रकाशन भएपछि यी ४ तरिकाबाट हेर्न सकिन्छ नेष्डो समृद्ध लघुवित्तको आईपिओ नतिजा

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो  जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको हो ।आईपिओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई  २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन्  । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् ।  आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिन्छ ।  जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार

यी ४ तरिकाबाट हेर्न सकिन्छ जाल्पा सामुदायिक लघुवित्तको आईपिओ नतिजा

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  ।   २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ  ।  जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो  भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४  तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  कम्पनी परिचयजाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेश, गण्डकि प्रदेश, लुम्वीनि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही, दाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।पूजी संरचनायस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । यो पनि : जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

जाल्पा सामुदायिक लघुवित्तको आईपिओ बाँडफाँड, २६ लाख ६१ हजार आवेदकले पाएनन् शेयर

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  ।   २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ  ।  जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो । कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो  भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनी परिचयजाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेश, गण्डकि प्रदेश, लुम्वीनि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही, दाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।पूजी संरचनायस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । यो पनि : जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्त्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ ।

एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो । बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । कसको कति ? ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।

केहि पैसा छुट्याएर राख्नुहोस्, दशैँपछि २१ कम्पनीको झन्डै ६ अर्बको आईपिओ आउंदै

हाल विभिन्न २१ कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन् । हाल धितोपत्र नेतृत्व बिहिन भएकोले लामो समयदेखि बोर्डले कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति दिएको छैन ।  तर नेपाल सरकारले बोर्डमा रहेका अध्यक्षलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्ति गर्नको लागि प्रक्रिया सुरु गरिसकेको छ ।  यस स्नागे दशैँपछि ढिलो चाडो बोर्डले नयाँ अध्यक्ष पाउने छ र आईपिओ निष्काशनको अनुमति प्रदान गर्ने प्रकिया अगाडी बढ्ने छन् ।  हाल २१ कम्पनीलेले गरि कुल ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४ सय रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि बोर्डको अनुमति कुरेर बसेका छन् ।  नयाँ अध्यक्ष आएमा दशैँ पछाडी यी कम्पनीको आईपिओ आउँन सुरु हुनेछ ।  यसर्थ दशैँमा केहि रकम आईपिओको लागि छुट्याएर राख्न उपयुक्त हुने छ ।  कुन कुन कम्पनीको कति आउने छ आईपिओ ?हाल निम्न कम्पनीहरुले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् । अधिकांशले अंकित मूल्य १ सय मै आईपिओ निष्काशनको लागि अनुमति माग गरेका छन् भने केहि इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा प्रिमियम थप गरेर आईपिओ निष्काशनको अनुमति माग गरेका छन् ।  हेर्नुस् कसको कति आईपिओ पाईपलाइनमा?१. सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता २.इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता ३.जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता४. राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता ५. मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता ६. रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता (प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा) ७. उपकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता ८. रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता ९. थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता १०. राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता ११. सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता १२. डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता (बुक विल्डिंग विधिबाट आउने सम्भावना)१३. आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता १४. दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता १५. अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता १६. अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता १७. बिन्धवासिनी  हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता १८. हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता १९. बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता २०. ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता २१. नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता