भोलिदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्काशन हुने

काठमाडौँ। भोलि शुक्रबारबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधरण सेयर आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

सम्बन्धित सामग्री

जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

माघ २४, काठमाडौं । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साँझ ६ बजेर १५ मिनेटसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन । कम्पनीको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।  प्राथमिक बजारमा तीन महिनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरिदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ ।नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ ।   आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्जको मूल्य रेञ्ज पाउने देखिन्छ ।