गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण

गोरखा : गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका मंगलबार स्वाब लिएर परीक्षण गरिएकामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो‘सबै माननीयज्यूहरुको कोरोना परीक्षण रिपोर्ट आइसकेको छ‚' उनले भने‚ ' केही माननीयलाई कोरोना पोजेटिभ भएको छ। १० बजेपछि आधिकारीक सार्वजनिक गर्नेछौं।'मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै सत्तारुढ एमाले सांसद रा

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा ८०८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।डा.शर्माका अनुसार कास्कीका २०९, म्याग्दी १२, स्याङ्जा ५१, बाग्लुङ १३२

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परि

गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये ८ जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका क्रममा २४७ जनामा कोरोना संक्रमण देखिएको हो । कास्कीमा पछिल्लो २४ घण्टामा २४० जनामा गरिएको परीक्षणमा १६१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।शनिबार कास्कीमा थपिएका संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।त्यसैगरी तनहुँका २७ जनाको परीक्षण

गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये स्याङजा र मनाङबाहेक अन्य ९ जिल्लामा ४३३ जनामा कोरोना संक्रमण देखिएको हो ।  बिहिबार प्रदेशमा सबैभन्दा धेरै कास्कीमा २२१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा देखिएका २२१ मध्ये २१४ जना पोखरा महानगरका संक्रमित हुन् । त्यसैगरी बाग्लुङमा ५८ जना र नवलपरासी पूर्वमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा २९, लमजु

गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गण्डकी विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।  पछिल्लो २४ घण्टामा १२९० जनाको परिक्षण गरिएकोमा ५७४ जनामा संक्रमण देखिएको हो । परिक्षणका क्रममा सवैभन्दा धेरै कास्कीमा २९२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी गण्डकी प्रदेशका अन्य ९ जिल्लामा २८२ सहित ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अ

गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा २०३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बाग्लुङमा सबैभन्दा बढी ७१ जना र पोखरामा ४६ सहित गण्डकीमा २०३ जनमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।  उनका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१,स्याङजामा १४, पर्वतमा ५, मनाङका ३, लमजुङ र तनहुँका २.२ जनामा रहेका छन् । गण्डकी प्रदेशमा आ

गण्डकी प्रदेशका ३ सांसदमा कोरोना संक्रमण

पोखरा / गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए । विपक्षी सांसदहरुको समावेदनको आधारमा गण्डकीको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास... The post गण्डकी प्रदेशका ३ सांसदमा कोरोना संक्रमण appeared first on Purbeli News.

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभ

गण्डकी प्रदेशसभाका तीन सांसदमा कोरोना संक्रमण पुष्टि

गण्डकी। गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। एमालेका राजिव पहाडी, नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइरालामा कोरोनाको संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। आज हुने प्रदेशसभाको बैठकमा संक्रमित सांसदहरुले बोल्न भने पाउने छैनन्। तर अविश्वासको प्रस्तावमाथि मतदान भने गर्न पाउनेछन्। त्यसैगरी प्रदेशसभाका दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा थप ६६ जना कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ६६ जना कोरोना संक्रमण पुष्टि भएकोछ । सोमबार गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ४५ जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ६६ जनामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरास्थित लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालीमा गरिएको परिक्षणमा ३८ जना, क्षयरोग उपचार केन्द्र पोखरामा २६ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पुर्वमा गरिएको परिक्षणमा २ जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विनोद विन्दु शर्म