पोखरा । गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा २०३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बाग्लुङमा सबैभन्दा बढी ७१ जना र पोखरामा ४६ सहित गण्डकीमा २०३ जनमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१,स्याङजामा १४, पर्वतमा ५, मनाङका ३, लमजुङ र तनहुँका २.२ जनामा रहेका छन् । गण्डकी प्रदेशमा आ