व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान

प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।

सम्बन्धित सामग्री

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।

च्याउ खेतीतर्फ किसान आकर्षित

पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अलैंची खेतीतर्फ आकर्षित हुँदै किसान

गोलन्जोर गाउँपालिका –५ हिर्दिङ निवासी किसान डम्बरबहादुर बस्नेतले पाँच बर्षभन्दा बढी समयदेखि व्यावसायिक रुपमा अलैची खेती गर्दै आउनुभएको छ । यतिखेर उहाँको नौ रोपनी जमिन अलैची खेतीले ढाकेको छ ।

चक्लाबन्दी खेतीमा किसान आकर्षित हुँदै

गण्डकी, ६ भदौ । व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको […]

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

–नारायण विक गल्याङ, २१ असार । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती […]

व्यावसायिक मेवाखेतीमा तनहुँका किसान वसन्त आले, एकैपटक ३५ सय बाेटबाट सुरू

जिल्लामै व्यवसायिक रूपमा मेवाखेती गरिएकाे याे पहिलोपटक हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको फलेकाे र एउटै बोटमा एक सयभन्दा बढी मेवा फल्ने आलेकाे अनुमान छ ।

ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित

ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित हुँदै गएका छन् । धेरै समय र खर्च लगानी नगरी राम्रो आम्दानी लिन सकिने भएपछि किसानहरु व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

बागलुङका किसान मौरीपालनतर्फ आकर्षित हुँदै

जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करीब तीन करोड रुपैयाँको मह विक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन पाँच टन बढेको छ । मह प्रतिकिलो ९ सय रुपैयाँदेखि…