बागलुङका किसान मौरीपालनतर्फ आकर्षित हुँदै

जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करीब तीन करोड रुपैयाँको मह विक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन पाँच टन बढेको छ । मह प्रतिकिलो ९ सय रुपैयाँदेखि…

सम्बन्धित सामग्री

बगरखेतीमा आकर्षित हुँदै किसान

राँझा (बाँके), ३० फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष […]

सिमीखेतीमा आकर्षित हुँदै हुम्लाका किसान

सिमकोट-  हिमाली जिल्ला हुम्लाका किसानहरू यतिबेला सिमीखेतीमा आकर्षित भएका छन्। जिल्लाकाे सर्केगार्ड गाउँपालिका- ३ को उनापानी गाउँका एउटै वडाका किसानले करिब एक सय रोपनी जग्गामा सिमीखेती सुरु गरेका छन्। प्राकृतिक हिसाबले पनि सिमीखेतीकाे लागि उपयाेगी वातावरण भएका कारण किसानहरू त्यसतर्फ आकर्षित भएका हुन्। पछिल्लाे समयमा त्यहाँका स्थानीयका लागि सिमीखेती आम्दानीकाे राम्राे स्राेत बनेकाे छ। आम्दानीकाे […]

सिन्धुलीका किसान च्याउ खेतीप्रति आकर्षित हुँदै

सिन्धुली । सिन्धुलीका किसानहरु व्यवसायीक रुपमा च्याउ खेतीप्रति आकर्षित भएपछि घरमै पारिवारिक रोजगारीको सिर्जना भएकाे छ । जसका कारण आम्दानी समेत बढेर गएको हाे । सिन्धुलीमा उत्पादन भएका च्याउ जिल्लाभित्रकै ग्राहककाबीचमा खपत भएपछि च्याउ खेती गर्ने किसानहरुलाई बिक्री वितरण गर्न सहज भएकाे छ । शाकाहारी भोजन ग्रहण गर्नेहरुले समेत रुचाउने च्याउ जिल्लाका राजमार्ग आसपासका होटल […]

अर्ग्यानिक तरकारी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान

चैत ४, भोजपुर । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन  उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिए । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्ग्यानिक खेती गरिरहेका छन् । उनले भने, ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अग्र्यानिक खेती थालेका छौँ । हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौँ ।’ किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् ।   कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको  उनले बताए । मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन् ।  विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरु अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादिका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गरिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् ।  तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गरिक खेती प्रवर्द्धन अभियान कार्यक्रमअन्तर्गत खेतीको थालनी भएको हो । रू. १० लाख लागतमा दुईओटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ । केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अग्र्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्मका पूरा गर्नेमा हामी ढुक्क छौँ ।’ रासस

धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै

तेह्रथुम । बजारको समस्या नभएपछि धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै आएका छन् । व्यवसायीक रुपमा उखुखेती गरेका धनकुटाका किसानले वार्षिक लाखौं कमाउँन थालेपछि अन्य बाली मासेर उखु लगाएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ७ उखुडाँडाका किसानहरु व्यवसायीक उखुखेती गरेर वार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र […]

जङ्गली जनावरले नोक्सान नपुर्‍याउने भएपछि चितवनका किसान तोरीखेतीमा आकर्षित

कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरूमा विस्तारै उनीहरू यसतर्फ आकर्षित हुँदै गएका छन् ।

उन्नत गाईपालनमा आकर्षित हुँदै इलामका किसान

इलाम : सूर्योदय नगरपालिका–९ का पुरुषोत्तम पराजुलीले स्थानीय जातका गाईपालन गर्न छोडेको १० वर्ष भयो। श्रम उत्तिकै भए पनि स्थानीय जातका गाईबाट कम दुध उत्पादन भएपछि पराजुलीले पाल्न छाडेका हुन्।अहिले पराजुलीको गोठमा उन्नत जातको गाई र बाछी छन्। दुध धेरै दिने र आम्दानी पनि राम्रो हुन थालेपछि उनले उन्नत जातका गाईपालन सुरु गरेका हुन्।स्थानीय जातका गाईमा उन्नत जातको साँढेको ‘सिमेन’ प्रयोग बढेसँगै इलाममा उन्नत जातको संख्यामा वृद्धि आएको छ। कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० स्थानीय त

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

अनुदान आसले बाख्रापालन व्यवसायमा आकर्षित हुँदै

धनकुटा : धनकुटामा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। अझ प्रदेश सरकारले किसानलाई अनुदान उपलब्‍ध गराउन थालेपछि किसान बाख्रापालनमा आकर्षित भएका छन्। यसको गतिलो उदाहरण हुन् धनकुटा नगरपालिका ९ महाङका किसान पशुपति भण्डारी।३ वर्ष अगाडि २ लाखको लगानीबाट २५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका भण्डारीले हालसम्म ६ लाख रुपैयाँ लगानी गरिसकेका छन्। भण्डारीको फर्ममा अहिले उन्नत जातका बोयर बाख्रा रहेका छन्। भण्डारीको फर्ममा अहिले ५० वटा माउ बाख्रा र बोयरको ५० प्रतिशतको बोका ५० वटा रहेका छन्।भण

उखुखेतीतर्फ आकर्षित हुँदै किसान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ। जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्।