स्थानीय निर्वाचनमा गठबन्धन

स्थानीय तह निर्वाचनमा ठूलो दल बन्ने महत्त्वाकाङ्क्षी योजना बनाएको सत्ताधारी नेपाली कांँग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले आफ्नो तर्फबाट सम्भवसम्मको हुने पाइला चाल्ने दिशामा अग्रसर देखिन्छन् । २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको एमाले आसन्न निर्वाचनबाट पनि त्यो हैसियत कायम राख्ने महत्त्वाकाङ्क्षा राखेको छ तर झन्डै चार वर्षसम्म सङ्घीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय तहमा नेतृत्व गरेको यस पार्टीको सम्भावना अपेक्षा गरेअनुसारको नरहने निश्चित छ । पार्टीमा आएको विभाजन र यसका वरिष्ठ नेताहरूद्वारा नेकपा (एकीकृत समाजवादी) को गठन गरिएका कारण ठूलो घाटा सहनु पर्नेछ । सत्ताधारी नेपाली कांँग्रेस पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने चर्चा व्यापक छ । स्थानीय स्तरमा राजनीति गर्नेहरूको निम्ति यो निर्वाचन एउटा महापर्वजस्तो सुखद अनुभूति गराउने अवसर पनि हो । राजनीतिक दलहरूले स्थानीय तहका नेता र कार्यकर्ताहरूको भावना र चाहनाविपरीत चुनावी गठबन्धन गर्ने निर्णय गर्छ भन्ने त्यसको परिमाण प्रत्युत्पादक पनि हुन सक्छ ।

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाच

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन । चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरतपुर महानगरपालिकामा एमाले भारी मतान्तरले पराजित भयो ।सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत पाँच दलबीच गठबन्धन भएको थियो । एमाले र राप्रप

इटहरीको स्थानीय निर्वाचन : गठबन्धन भित्रै प्रतिस्पर्धा

विराटनगर : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशैभर चुनावी सरगर्मी बढेको छ।कुन दलको कुन नेताले नेतृत्व सम्हाल्नका लागि टिकट पाउने हो भन्ने बहसको बिषय बनेको छ।टिकट पाइहाले पनि कुन दलले जीत हाँसिल गर्ने हो, भन्ने चासोको विषय बनेको छ।देशैभर चलेको बहस र छलफल यतिबेला प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकामा पनि नेतृत्वको भाग कसले पाउने हो भन्ने चासो बढ्दै गएको छ।२० वटा वडा रहेको इटहरी उपमहानगरमा अघिल्लाे निर्वाचनमा १२ जना वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट जीत हाँसिल गरेका थिए भने ८ जना वड

जाजरकोटमा स्थानीय निर्वाचन : गठबन्धन गर्न प्रतिवद्ध तर भागबन्डा मिलाउन सकस

चुनावी गठबन्धन गर्न विज्ञप्ति जारी गरेका जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् ।  आसन्न बैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् ।  स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैद्दान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (म

स्थानीय निर्वाचन : बर्दियामा यस्तो छ चुनावी हिसाब-किताब

गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने वैशाख ३० को स्थानीय तह निर्वाचनमा बर्दियामा सत्ता गठबन्धन दल बलियो देखिएको छ । ८ वटा पालिका भएको बर्दियामा गत निर्वाचनमा काँग्रेसले दुई वटा पालिका , माओवादी केन्द्रले ३ वटा पालिका र  एमालेले  पनि तीन वटा पालिका जितेको थियो ।माओवादी केन्द्रले जितेको तीन वटा पालिका मध्ये दुई वटा पालिकामा एमाले निकटतम प्रतिद्वन्द्वी थियो ।  अर्कोमा काँग्रेस थियो ।  त्यस्तै काँग्रेसले जितेको दुई वटा मध्ये एउटामा माओवादी र अर्कोमा एमाले निकटतम

गठबन्धन चाहेका देउवालाई पार्टीभित्रै घेराबन्दी

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन […]

स्थानीय निर्वाचन अपरिहार्य

निर्वाचनमा सहभागिता जनाएर त्यसको स्वागत गर्नु र त्यसलाई सफल पार्नु गठबन्धन र विपक्ष सबै दलका लागि एउटा ऐतिहासिक अवसर पनि हो । सत्ता गठबन्धन र विपक्षी दलहरूका बीचमा स्थानीय तहको चुनावका विषयमा बेमेलको स्थिति देखिएको छ । सत्ता गठबन्धनका दलहरूचाहिँ आफ्नो अनुकूल परिस्थितिमा चुनाव गर्न चाहिरहेका छन्, जसका लागि चुनाव केही समय पर सार्न पनि […]

स्थानीय निर्वाचन हुन ९३ दिन बाँकी : चुनावी मुडमा दलहरू

काठमाडौं, २६ माघ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् । उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका निर्णय दलहरूले गर्न थालेका छन् । केही दलहरू भने केन्द्रीय समिति बैठक राखेर नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाउने तयारीमा छन् । यसरी दलहरूको […]