प्रदेश १ मा स्थानीय निर्वाचन : गठबन्धन गर्न  काँग्रेस उदासिन, माओवादीले केन्द्रमा पठायो सुझाव

माओवादी केन्द्र प्रदेश १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न नमानेको विषयलाई प्राथमिकतामा राखेर पार्टी केन्द्रलाई सुझाव पेश गरेको छ ।  प्रदेश १ मा गठबन्धन गर्ने विषयमा बसेको बैठकमा काँग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीले जानकारी दिए । पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए ।  &

सम्बन्धित सामग्री

३५ अर्ब हाराहारीको बजेट ल्याउँदै प्रदेश १ सरकार

प्रदेश नम्बर १ सरकारले बजेट निर्माणपूर्व छलफललाई तिव्रता दिएको छ ।  प्रदेश सरकारले बजेट निर्माणका लागि सरोकारवालाहरुसँग छलफललाई तिव्रता दिएको हो । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप गर्न सक्ने अवस्थामा भने प्रदेश सरकार देखिँदैन । प्रदेश सरकारले स्थानीय निर्वाचन सम्पन्न भएलगत्तैदेखि १४ जिल्लामै पुगेर स्थानीय तहका जनप्रतिनिधि, सांसद, उद्योगी, व्यापारी तथा सरोकारवाला निकायसँग छलफल गरिसकेको छ ।यस्तै विराटनगरमा प्रदेश १ का सांसदहरुलाई एकैठाउँ राखेर पनि अर्को छलफल गरेको छ ।  यस्त

उम्मेदवारको खोजीमा हृदयेशको पार्टी, साथ दिने भन्दा छाड्नेहरू धेरै

२०७४ सालमा तत्कालीन  राजपाले प्रदेश १, ५ र ७ मा भएको स्थानीय निर्वाचनमा भाग नलिने घोषणा गरेको थियो । त्यही राजपाको नेता मध्येका एक थिए हृदयेश त्रिपाठी । पार्टीले स्थानीय तहमा भाग नलिने निर्णय उनलाई कत्ति मन परेको थिएन । त्यसैले, स्थानीय निर्वाचन ‘मिस’ भएको झोँकमा उनले पार्टी परित्याग गरे । प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा  त्रिपाठीले स्वतन्त्र समूह बनाएर तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा सहभागी मात्र भएनन्, सांसद जितेर पटक पटक मन्त्री समेत भए ।अहिले त्र

इटहरीको स्थानीय निर्वाचन : गठबन्धन भित्रै प्रतिस्पर्धा

विराटनगर : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशैभर चुनावी सरगर्मी बढेको छ।कुन दलको कुन नेताले नेतृत्व सम्हाल्नका लागि टिकट पाउने हो भन्ने बहसको बिषय बनेको छ।टिकट पाइहाले पनि कुन दलले जीत हाँसिल गर्ने हो, भन्ने चासोको विषय बनेको छ।देशैभर चलेको बहस र छलफल यतिबेला प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकामा पनि नेतृत्वको भाग कसले पाउने हो भन्ने चासो बढ्दै गएको छ।२० वटा वडा रहेको इटहरी उपमहानगरमा अघिल्लाे निर्वाचनमा १२ जना वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट जीत हाँसिल गरेका थिए भने ८ जना वड

नेकपा एसले सातै प्रदेशमा अनुगमन टोली खटाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि सङ्गठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीवार (आज) बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा उपाध्यक्ष प्रदेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा […]

एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन टोली खटाउने

नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम

माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदै छ । बुधवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई […]

राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै माओवादी

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदैछ ।बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् । उक्त प्रशिक्षण ११ बजेपछि प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको माओवादी नेताहरूले बताएका छन् ।

स्थानीय निर्वाचन माओवादीका लागि जीवनमरणको सवाल : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनलाई जनयुद्धजस्तै ‘ब्याटल’ मानेर आक्रामक रूपले प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा...

स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले  स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठ

समयमै स्थानीय निर्वाचन (सम्पादकीय)

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्न लागेको छ । हाल बहाल रहेका स्थानीय जनप्रतिनिधिको निर्वाचन २०७४ साल वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको थियो । स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको रहने भएकाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न आवश्यक छ । संविधान सभाले संविधान जारी गरेपछि स्थानीय तहको पुनर्संरचना गरियो । नयाँ पुनर्संरचनाअनुसार खडा भएका ७५३ स्थानीय तह र तिनका छ हजार ७४३ वडाका विभिन्न पदमा निर्वाचन गरिएको थियो । पहिलो चरणमा प्रदेश ३, ४ र ६ का २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । दोस्रो चरणमा प्रदेश १, ५ र ७ का ३३४ स्थानीय तह र तेस्रो चरणमा प्रदेश २ का १३६ स्थानीय तहमा निर्वाचन गरी स्थानीय निर्वाचन सम्पन्न गरिएको थियो । पहिलो चरणको निर्वाचनको मिति र त्यसपछि आयोगले दिएको थप एक साता समयका आधारमा हाल बहाल रहेको स्थानीय जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन अब चार महिना पनि बाँकी छैन ।