स्थानीय निर्वाचनमा गठबन्धन गर्न सुदूरपश्चिम सरकारमा काँग्रेसको सहभागिता हुनुपर्छ : नैनसिंह  महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिता हुनुपर्ने बताएका छन्। उनले आगामी स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन सुदूरपश्चिम प्रदेशको सरकारमा काँग्रेसको सहभागिता नभएसम्म कार्यान्वयनमा कठिनाइ हुने धारणा राखेका हुन् ।स्थानीय निर्वाचन परिचालन समितिका संयोजक एवं काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको परिचालन समितिको बैठकमा नेता महरले काँग्रेसको नेतृत्वमा केन्द्र र ६ वटा प्रदेशमा गठबन्धनको सरकार बनेको अव