मृगस्थलीमा मृग हेर्नेको चहलपहल

दैनिक सयौँ पुग्छन् मृग हेर्न, मृगवाटिका थप व्यवस्थित गर्ने पशुपति विकास कोषको तयारी पशुपति भन्नेबित्तिकै विश्वभर धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिचित छ । यहाँका मठ–मन्दिर, हरेक साँझ हुने सन्ध्याकालीन आरतीसहितका धार्मिक...

सम्बन्धित सामग्री

बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके) । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन”, उनले भने ।  नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताए । श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उनको भनाइ छ ।  नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिए । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए ।  जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताए । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ । राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।

वर्षाका कारण पर्यटक नआएपछि सुनसान होम स्टे, फुर्सदिला छन् थारु समुदाय

चितवन । पछिल्ला दिनहरुमा देशकै सय पर्यटकीय गन्तव्यमा पर्ने मेघौलीका थारु होम स्टे सुनसान बन्न थालेका छन । सिजन अफ भएसँगै बर्षाका कारण पर्यटकीय चहलपहल कम भएपछि यो  क्षेत्र सुनसान देखिएको हो । वर्षायाममा नाराणणगढ–मुग्लिनको बाटो अवरूद्ध हुने, चितवन राष्ट्रिय निकुञ्जभित्र सफारी बन्द हुने, नारायणी तथा राप्ती नदीमा बाढीको त्रासलगायतका कारण असार लागेदेखि बाहिरका पर्यटकहरु धेरै नआउने भएकाले यहाँका होमस्टे पर्यटक नहुँदा सुनसान बन्न थालेको होमस्टे सञ्चालकहरुले बताएका छन  । कोरोनाको असरबाट भर्खरै तङ्ग्रिदै गरेको पर्यटनमा आर्थिक मन्दीको असर देखिंदा होमस्टेमा पनि प्रभाव परेको उनीहरुको भनाई छ ।  मेघौलीमा २०६७ माघ १० गतेदेखि पाँच घरबाट शुरूभएको र हाल आठवटा घरमा सञ्चालन गरिएको होमस्टेमा दिनहुँ औसत असी जनाभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका थिए ।   बर्षायाम शुरूभएसँगै पर्यटकको संख्या आधा भन्दा कम भएको होमस्टेका अध्यक्ष सोमलाल महत्तोले जानकारी दिए  ।  पर्यटक कम भएपछि  पर्यटक सत्कारमा फुर्सद नहुने यहाँका घरवास सञ्चालक यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् । होमस्टेमा अर्गानिक एवं सस्तो बासको व्यवस्था गरिएपनि बर्षाका कारण टाढाटाढा बाट आउने पर्यटकलाई सास्ती हुने भएकाले पर्यटकको संख्या घटेको उनको भनाई छ । पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए ।  होमस्टे रहेका घरहरु थारु समुदायको परम्परागत शैलीका छन् ।आफूहरुमा संस्कृति बचाउनुपर्छ भन्ने भावना र आर्थिक क्षेत्रमा परिवर्तन गर्ने उद्धेयसहित होमस्टेकोअवधारण ल्याईएको उनले बताए । ‘हाम्रो  समुदायले प्रयोग गर्ने ल्याउने गरगहना, लुगाफाटा देखि पर्यटक लोभिन्छन र अनौठो पनि मान्छन उनले भने ,परम्परागत मादलमा नाच्ने, गाउने र पाहुनालाई मनोरञ्जन हुँदा संस्कृति पनि जोगिएको छ । ’ मेघौलीका जीवन चौधरी पछिल्लो केही वर्षयता सिजनमा पर्यटक बढेको र आम्दानी पनि राम्रै भएपनि बर्षायाममा पर्यटक अत्यन्त न्युन हुने बताउँछन । पर्यटकको बसाई लम्ब्याउने अन्य विषय नभएकोले पनि अपेक्षा  गरे अनुसार आम्दानी गर्न नसकेको चौधरीको भनाई छ ।  यो क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरु उल्लेख्य हुन्छन् ।सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । होमस्टेलाई स्थानीय एवं केन्द्रिय स्तरमा बजारीकरण गर्न नसकिएको  चौधरीले बताए । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदीले घेरिएको सुन्दर टापु मेघौलीको प्रकृति र संस्कृतिका विविध छटाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटकहरु आउँछन् ।  नेपालमा नै सर्वप्रथम जंगल सफारीको शुरूआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य बनेको छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोहीको अवलोकन पर्यटकका लागि  मुख्य  आकर्षण हुन् ।

निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल

चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।      जिल्ला र छिमेकको सर्लाहीमा समेत निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेको हो । तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि शिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको गौशाला–८ ढल्केवर बस्तीका बासिन्दाको भनाइ छ ।           “काठ तस्कर चाहिँ वनको सुरक्षा अवस्था बुझ्न पस्ने गरेका छन्, पछिल्लो निषेधाज्ञाबीच काठ नै ओसारिएको देखिएको छैन”, ढल्केवरकी नरमाया ल्हायोले भन्नुभयो, “तर शिकारीले चाहिँ जङ्गलबाट शिकार बोकेर भाग्ने गरेका छन् ।” निषेधाज्ञाबीच सुरक्षा गस्ती पातलिएसँगै यो चहलपहल बढेको ल्हायोको भनाइ छ ।