वर्षाका कारण पर्यटक नआएपछि सुनसान होम स्टे, फुर्सदिला छन् थारु समुदाय

चितवन । पछिल्ला दिनहरुमा देशकै सय पर्यटकीय गन्तव्यमा पर्ने मेघौलीका थारु होम स्टे सुनसान बन्न थालेका छन । सिजन अफ भएसँगै बर्षाका कारण पर्यटकीय चहलपहल कम भएपछि यो  क्षेत्र सुनसान देखिएको हो । वर्षायाममा नाराणणगढ–मुग्लिनको बाटो अवरूद्ध हुने, चितवन राष्ट्रिय निकुञ्जभित्र सफारी बन्द हुने, नारायणी तथा राप्ती नदीमा बाढीको त्रासलगायतका कारण असार लागेदेखि बाहिरका पर्यटकहरु धेरै नआउने भएकाले यहाँका होमस्टे पर्यटक नहुँदा सुनसान बन्न थालेको होमस्टे सञ्चालकहरुले बताएका छन  । कोरोनाको असरबाट भर्खरै तङ्ग्रिदै गरेको पर्यटनमा आर्थिक मन्दीको असर देखिंदा होमस्टेमा पनि प्रभाव परेको उनीहरुको भनाई छ ।  मेघौलीमा २०६७ माघ १० गतेदेखि पाँच घरबाट शुरूभएको र हाल आठवटा घरमा सञ्चालन गरिएको होमस्टेमा दिनहुँ औसत असी जनाभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका थिए ।   बर्षायाम शुरूभएसँगै पर्यटकको संख्या आधा भन्दा कम भएको होमस्टेका अध्यक्ष सोमलाल महत्तोले जानकारी दिए  ।  पर्यटक कम भएपछि  पर्यटक सत्कारमा फुर्सद नहुने यहाँका घरवास सञ्चालक यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् । होमस्टेमा अर्गानिक एवं सस्तो बासको व्यवस्था गरिएपनि बर्षाका कारण टाढाटाढा बाट आउने पर्यटकलाई सास्ती हुने भएकाले पर्यटकको संख्या घटेको उनको भनाई छ । पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए ।  होमस्टे रहेका घरहरु थारु समुदायको परम्परागत शैलीका छन् ।आफूहरुमा संस्कृति बचाउनुपर्छ भन्ने भावना र आर्थिक क्षेत्रमा परिवर्तन गर्ने उद्धेयसहित होमस्टेकोअवधारण ल्याईएको उनले बताए । ‘हाम्रो  समुदायले प्रयोग गर्ने ल्याउने गरगहना, लुगाफाटा देखि पर्यटक लोभिन्छन र अनौठो पनि मान्छन उनले भने ,परम्परागत मादलमा नाच्ने, गाउने र पाहुनालाई मनोरञ्जन हुँदा संस्कृति पनि जोगिएको छ । ’ मेघौलीका जीवन चौधरी पछिल्लो केही वर्षयता सिजनमा पर्यटक बढेको र आम्दानी पनि राम्रै भएपनि बर्षायाममा पर्यटक अत्यन्त न्युन हुने बताउँछन । पर्यटकको बसाई लम्ब्याउने अन्य विषय नभएकोले पनि अपेक्षा  गरे अनुसार आम्दानी गर्न नसकेको चौधरीको भनाई छ ।  यो क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरु उल्लेख्य हुन्छन् ।सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । होमस्टेलाई स्थानीय एवं केन्द्रिय स्तरमा बजारीकरण गर्न नसकिएको  चौधरीले बताए । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदीले घेरिएको सुन्दर टापु मेघौलीको प्रकृति र संस्कृतिका विविध छटाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटकहरु आउँछन् ।  नेपालमा नै सर्वप्रथम जंगल सफारीको शुरूआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य बनेको छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोहीको अवलोकन पर्यटकका लागि  मुख्य  आकर्षण हुन् ।

सम्बन्धित सामग्री

माघीको तयारीमा थारु समुदाय

कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ। खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ। धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउँछन्। यस […]

माघी नजिकिएसँगै तयारीमा जुटे थारु समुदाय

कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ । धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताए […]

थारु समुदाय कञ्चनपुरका निर्णायक मतदाता

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर जिल्लामा थारु समुदायका मतदाता निर्णायक छन् । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र छ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । निर्णायक मतदाताका रुपमा रहेका थारु समुदाय यसपटक आफ्ना अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने जनाएका छन् ।घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र …

दशैँका लागि घर सजाउँदैछन् कञ्चनपुरका थारु समुदाय

दाेधारा चाँदनी- यतिबेला कञ्चनपुरका थारु समुदाय दशैँका लागि घर सजाउन व्यस्त छन्। अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्नेजस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त छिन्। थारु समुदायमा दशैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्यजस्तै मानिन्छ। ‘अहिले […]

माछा मार्दै थारु समुदाय

काठमाडौँ,२ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् । तस्बिर : शेरबहादुर सिंह, रासस

अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ सहितका थारु बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आइतबार धुमधामका साथ मनाइरहेका छन् । थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अट्वारी कुशै औंशी पछिको पहिलो आइतबार पर्व मनाइन थालिइएको हो । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुसे औंसी पछिको पहिलो आइतबार यो पर्व मनाउन थालेको हो । […]

रैब पर्व मनाउँदै थारु समुदाय

५ भदौ, काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु […]

देवता मनाउँदै थारु समुदाय

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका पुरुषले महिलाको पोशाक लगाउने र महिलाले पुरुषको पाशाक लगाएर गाइया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवतालाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै, पश्चिम तराईका थारु […]

मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय

कावासोती, १ मंसिर । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ । थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए […]

अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा

कञ्चनपुर– कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा सङ्लग्न भएका छन्। घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन्। देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा सङ्लग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए। ‘कुभिण्डोको भेडाको प्रतिमा […]