बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके) । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन”, उनले भने ।  नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताए । श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उनको भनाइ छ ।  नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिए । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए ।  जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताए । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ । राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।

सम्बन्धित सामग्री

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल

मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...

रौतहटमा छैन स्ववियू निर्वाचनको चहलपहल

करिब डेढ दर्जन क्याम्पस रहेको रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको खासै चहलपहल रहेको छैन। रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा रौतहटमा खासै चहलपहल नदेखिएको हो।...

रौतहटमा छैन स्ववियू निर्वाचनको चहलपहल

करिब डेढ दर्जन क्याम्पस रहेको रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको खासै चहलपहल रहेको छैन। रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा रौतहटमा खासै चहलपहल नदेखिएको हो।...

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैं सुरू भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता […]

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्

ठमेलमा पर्यटकीय चहलपहल बढ्यो

प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बन्न पुग्यो । थोरै लगानी गरेर धेरै फाइदा ल

झण्डै पाँच महीनापछि तम्घास बजारमा बढ्यो चहलपहल

२३ भदौ, गुल्मी । कोरोना महामारीका कारण बन्द र सुनसान बनेको तम्घास बजारमा बिस्तारै चहलपहल सुरु भएको छ । जिल्ला प्रशासनले बजार खोल्न दिने निर्णय गरेपछि यहाँका बजार पसलमा बिस्तारै चहलपहल बढन थालेको हो । बजारमा चहलपहल बढेपछि नजिकै आएको हिन्दु महिलाहरुको महान पर्व तिजका लागि किनमेल गर्नेहरुको भिड लागेको छ । खास गरी तीज […]

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि […]

उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं, असार १६ । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो । काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा […]