लाखौंको अन्तःशुल्क करका नक्कली स्टिकर बरामद

काठमाडौं, (नेस) । लाखौंं मूल्यबराबरको आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्क करका नक्कली स्टिकर रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ दरखसवाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोस्ट (बीओपी) डन्डाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको मोबाइल टोलीले सो सामान बरामद गरेको हो । नक्कली स्टिकर लुकाई छिपाइ राखेको राखेको भन्ने सुराकीका आधारमा मोबाइल […]

सम्बन्धित सामग्री

२ नम्बर प्रदेशमा नक्कली चुरोटको बिगबिगी

सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण बढेको छ । नेपाल र भारतीय सीमासँग जोडीएका अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको हो ।यो समस्या प्रदेश २ का ८ वटै जिल्लामा रहेको पाइएको छ ।आन्तरीक राजस्व कार्यालय धनुषाका अनुसार धनुषाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलबमर सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला परेको छ ।फेला पारेका नक्कली चुरोटसहित पसलका सञ्चालक शंकर साहलाई नियन्त्रनमा लिई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाम पठाईएको छ ।सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनाएको छ । यसले राजस्व छली समेत हँुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।सूर्य नेपाल प्रा.लि.को सक्कलीमा गाढा रातो रंगको डिब्बा रहेको छ भने नक्कली चुरोटमा आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्टिकर, फिक्का रातो रंगको डिब्बा, भित्र चुुरोटको आकारमा परिवर्तन समेत रहेको देखिएको छ ।एक महिनामा विभिन्न स्थानहरुबाट कम्तीमा ५ करोड रुपंैया बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकहरुको दाबी रहेका छन् ।अवैध कारोबारीले प्रति महिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको ।