राजस्व विभागले गर्‍यो नक्कली अन्तशुल्क स्टिकरको उत्पादन तथा वितरण गर्ने गिरोहका २ नाइकेलाई पक्राउ

नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने गिरोहका नाइकेहरू पक्राउ परेका छन् । आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा २ नाइकेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउद रहेका छन् । विभागका एक अधिकारीका अनुसार, उनीहरूले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको पाइएको छ । अहिले दुबै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाइएको विभ...