नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै धर्ना बसेको छ। मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो।