किसानलाई पेन्सनदेखि भ्रष्टाचार नियन्त्रणमा माओवादी चासो

नेकपा माओवादी केन्द्रले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न माग गरेको छ । हालै सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले समसामयिक ४५ बुँदे प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो । साथै सो पार्टीले संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहन सरोकारवालाहरुलाई आग्रह गरेको छ । ‘संविधान निर्माणका बखत पार्टीद्वारा प्रस्तुत गरिएका प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक नि